मोरङ : मोरङमा वन्यजन्तुको चोरीसिकारीमा संलग्न समूहका दुई जना पक्राउ परेका छन् । पक्राउ परेकाको साथबाट ३ नाल भरुवा बन्दुक बरामद गरिएको छ ।
इलाका प्रहरी कार्यालय बेलबारीले केराबारी गाउँपालिका–८ स्थित आमजुंगी सामुदायिक वनमा वन्यजन्तुको सिकार गर्न गएकालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा केराबारी–८ का ४४ वर्षीय मणिराज याक्खा र ३४ वर्षीय डिल्लीकुमार कार्की रहेका छन् ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार याक्खा र कार्कीको समूहमा रहेका केराबारी–८ का ३५ वर्षीय धनबहादुर लिम्बू फरार भएका छन् ।
प्रहरीलाई देख्नसाथ फरार भएका उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
तीनवटै बन्दुक लोड गरिएको अवस्थामा थिए ।
पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय बेलबारीको हिरासतमा राखिएको छ । उनीहरूविरूद्ध हातहतियार खरखजना मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post