Monday, November 10, 2025
Election Countdown
Election Icon
संघीय संसद निर्वाचन
-- दिन बाँकी
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

संखुवासभाको चिचिलामा ‘सिंग बामन पो हिम आङ्लङ’को सांस्कृतिक पूजा

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र २७, २०८१
in विविध, समाचार
0
संखुवासभाको चिचिलामा ‘सिंग बामन पो हिम आङ्लङ’को सांस्कृतिक पूजा
83
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : संखुवासभाको चिचिला गाउँपालिका वडा नम्बर ४ मा भारतको असम प्रान्तबाट आएको कार्बी कुर्फो अमाइले ‘सिंग बामन पो हिम आङ्लङ’को सांस्कृतिक पूजा सम्पन्न गरेको छ ।

वारिथेलाई आफ्नो पुर्खा मान्ने यो समुदाय आदिवासी जनजाति समुदाय हो । उनीहरूले २०७९ मा खाँदबारीमा, २०८० र ०८१मा चिचिलामा उक्त पूजा आयोजना गरेका हुन् ।

पूजा समारोहमा गाउँपालिका उपप्रमुख मनकला राई, प्रमुख प्रशासकीय अधिकृत सन्तोष राई, वडा नम्बर १ का वडाध्यक्ष पूर्णकुमार राई, सम्बन्धित वडाध्यक्ष बालकुमार तामाङलगायतको बाक्लो उपस्थिति थियो ।

गत वर्ष अन्तर्राष्ट्रिय सांस्कृतिक सम्मेलनमा यस समुदाय १२ वटा सांस्कृतिक झाँकीसहित भारतबाट ४२ जनाको संख्यामा सहभागी भएको थियो ।

पूजामा कार्बी समुदायको तर्फबाट कान्तो टिसो र नेपालको तर्फबाट ताराबहादुर बुढाथोकी कुरुसार (पूजारी)रहेका थिए ।

टोलीले चिचिलास्थित मत्स्यपोखरीको अवलोकन भ्रमणसमेत गरेको छ । भ्रमणपश्चात गाउँपालिका प्राङ्गणमा सांस्कृतिक आदानप्रदानका साथै सम्मान कार्यक्रम आयोजना भएको थियो ।

दुवैतर्फबाट आफ्ना देशका विशेष वस्तुहरू साटासाट गरेर सम्मान गरे । सम्मानमा नेपालका तर्फबाट चिचिला आमा समूहले सम्मान अर्पण गरेको थिए । कार्बी समुदायका अतिथिहरूले पोहोर, चिण्डो र झोला वितरण गरेका थिए ।

सम्मान कार्यक्रमपछि सर्वपक्षीय सर्वदलीय गोलमेच छलफल भयो ।

छलफलमा गाउँपालिकाका वडाध्यक्ष बालकुमार तामाङ र कार्बी कुर्फो अमाइका कार्यवाहक अध्यक्ष लख्खीराम क्रोले संयुक्त रूपमा अध्यक्षता गरेका थिए भने कार्यक्रमलाई ताराबहादुर बुढाथोकीले सञ्चालन गरेका थिए ।

नेकपा माओवादी केन्द्रका वीरसिंह गुरुङ, नेपाली कांग्रेसका प्रदीप गुरुङ र नेकपा एमालेका तर्फबाट काजीमान गुरुङले कार्बी हेमतुम निर्माण र सिंगवामन पूजामा सकेसम्म सहयोग गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा कार्बी समुदायको तर्फबाट अमृत इङ्ती, सार्थे रङ्पी, वालेश्वर हान्से र लख्खीराम क्रोले आफ्ना विचार राखेका थिए ।

लख्खीराम क्रोले हाम्रो संस्कार संस्कृति एउटै भए पनि भाषा भने भिन्न रहेको चर्चा गरे ।

सामुदायिक वन उपभोक्ता समिति र गाउँपालिकालाई हेमतुम संरचनाका लागि जग्गा निर्णयसहित स्थायी रुपमा उपलब्ध गराइदिन अनुरोध पत्र आदानप्रदान भएको थियो ।

गोलमेच छलफलमा सहभागी वक्ताहरूले आफूहरू यसबाट प्रभावित भएको, सदियौदेखि रहिआएको सम्बन्धलाई यसले पुस्ता–पुस्तासम्म जोडरहने विचार राखे ।

Tags: #संखुवासभासंस्कृतिसांस्कृतिक
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

प्रदेश प्रहरी प्रमुखद्वारा खोटाङमा स्थानीय सरोकारवालासँग अन्तरक्रिया
समाचार

प्रदेश प्रहरी प्रमुखद्वारा खोटाङमा स्थानीय सरोकारवालासँग अन्तरक्रिया

by टाकुरा न्यूज । इटहरी
कार्तिक २४, २०८२
0

खोटाङ : कोशी प्रदेश प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक (डीआईजी) ईश्वर कार्कीले निरीक्षण भ्रमणका क्रममा जिल्लाका स्थानीयबासी, जनप्रतिनिधि, राजनीतिक दलका...

कोशीका मुख्यमन्त्री कार्की र स्विस प्रतिनिधिबीच भेटवार्ता, द्विपक्षीय सहकार्यबारे छलफल
समाचार

कोशीका मुख्यमन्त्री कार्की र स्विस प्रतिनिधिबीच भेटवार्ता, द्विपक्षीय सहकार्यबारे छलफल

by टाकुरा न्यूज । इटहरी
कार्तिक २४, २०८२
0

विराटनगर : कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्की र स्विस सरकारका स्विस डेभलपमेन्ट कोअपरेसनका असिस्टेन्ट डाइरेक्टर आर्नो विकीबीच सोमवार...

प्रहरी कार्यालयलाई एनएमबी लघुवित्तद्वारा फिल्टर सहयोग

प्रहरी कार्यालयलाई एनएमबी लघुवित्तद्वारा फिल्टर सहयोग

कार्तिक २४, २०८२
खोटाङमा डीआईजी कार्कीको निरीक्षण, शान्ति–सुरक्षा प्रभावकारी बनाउन निर्देशन

खोटाङमा डीआईजी कार्कीको निरीक्षण, शान्ति–सुरक्षा प्रभावकारी बनाउन निर्देशन

कार्तिक २४, २०८२
विराटनगर महानगरपालिकाको पुँजीगत खर्चमा सुधार

१७ पालिकामध्ये स्वास्थ्य क्षेत्रमा विराटनगर महानगर तेस्रो

कार्तिक २४, २०८२
कोशी मन्त्रिपरिषद्को निर्णय – प्रदेश सचिवको रूपमा तीन सहसचिवको पदस्थापन, सभा सञ्चालन गर्न बजेट विनियोजन

कोशी मन्त्रिपरिषद्को निर्णय – प्रदेश सचिवको रूपमा तीन सहसचिवको पदस्थापन, सभा सञ्चालन गर्न बजेट विनियोजन

कार्तिक २४, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

प्रदेश प्रहरी प्रमुखद्वारा खोटाङमा स्थानीय सरोकारवालासँग अन्तरक्रिया

प्रदेश प्रहरी प्रमुखद्वारा खोटाङमा स्थानीय सरोकारवालासँग अन्तरक्रिया

कार्तिक २४, २०८२
कोशीका मुख्यमन्त्री कार्की र स्विस प्रतिनिधिबीच भेटवार्ता, द्विपक्षीय सहकार्यबारे छलफल

कोशीका मुख्यमन्त्री कार्की र स्विस प्रतिनिधिबीच भेटवार्ता, द्विपक्षीय सहकार्यबारे छलफल

कार्तिक २४, २०८२
प्रहरी कार्यालयलाई एनएमबी लघुवित्तद्वारा फिल्टर सहयोग

प्रहरी कार्यालयलाई एनएमबी लघुवित्तद्वारा फिल्टर सहयोग

कार्तिक २४, २०८२
खोटाङमा डीआईजी कार्कीको निरीक्षण, शान्ति–सुरक्षा प्रभावकारी बनाउन निर्देशन

खोटाङमा डीआईजी कार्कीको निरीक्षण, शान्ति–सुरक्षा प्रभावकारी बनाउन निर्देशन

कार्तिक २४, २०८२

लाेकप्रिय

  • ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

    यी हुन् झुम्का कारागारबाट फरार ६१५ कैदी (सूचीसहित)

    2619 shares
    Share 1048 Tweet 655
  • सुनसरीमा मेला घुम्न गएकी १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार

    1552 shares
    Share 621 Tweet 388
  • यातायातमा जरिवाना मिनाहा गर्ने कोशी सरकारको निर्णय

    1331 shares
    Share 532 Tweet 333
  • इटहरीमा मदिरा सेवन गरी झडप, चारजना अस्पताल भर्ना

    766 shares
    Share 306 Tweet 192
  • मोरङमा दुई सातादेखि हराएकी १३ वर्षीया बालिकाको टाउको र शरीर अलग भएको अवस्थामा मृत फेला, घटना शंकास्पद

    487 shares
    Share 195 Tweet 122

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.