विराटनगर : कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कोशी प्रदेश सरकार सबै मौलिक संस्कृतिक चाडपर्व र परम्पराको संरक्षण सम्बर्धन गर्न प्रतिबद्ध रहेको बताएका छन् ।
सिरुवा पर्वको अवसरमा शुभकामना दिँदै मुख्यमन्त्री कार्कीले सिरुवाजस्तो मौलिक पर्वको संरक्षण र सम्बर्धन गर्दै सबै जातजाति धर्म संस्कृतिको पहिचान स्थापित गर्न प्रतिबद्ध रहेको उल्लेख गरेका हुन् ।
नेपालका विभिन्न समुदायले महत्त्वपूर्ण चाडको रूपमा मनाउँदै आएको सिरुवा पर्वले एकापसमा एकतामा बाँध्दै समन्वय, सहकार्यका माध्यमबाट अघि बढ्न प्रेरित गर्ने मुख्यमन्त्री कार्कीले बताए ।
कोशी प्रदेश एवं देशविदेशमा रहेका नागरिकहरूमा शुभकामना दिँदै कार्कीले कोशी प्रदेश सरकारले पर्यटन वर्ष २०८२ मनाउँदै गर्दा यस्ता मौलिक पर्वहरूले देशविदेशमा रहेकाहरूलाई समेत आकर्षित गर्ने उल्लेख गरे ।
नेपाल बहुजाति, बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीयमुलुक भएको चर्चा गर्दै मुख्यमन्त्री कार्कीले यसमा हुर्किएको सिरुवा पर्वले हामीलाई सत्मार्गमा हिँड्न प्रेरणा दिने समेत बताए ।
मुख्यमन्त्री कार्कीले हाम्रा भाषा ,धर्मसंस्कृति, रितिरिवाज, परम्परा र संस्कारलाई जगेर्ना गर्दै अगाडि बढ्न सकेमा मात्र ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न सकिने समेत बताए ।
नेपालको तराईका विभिन्न जिल्लामा बस्ने समुदायले सिरुवा पर्वलाई विशेष पर्वको रूपमा मनाउँछन् ।
Discussion about this post