इटहरी : सुनसरीमा कारमा गाँजा ओसारपसार भएको पाइएको छ ।
सुनसरीको दुहबीबाट मोरङको बूढीगंगातर्फ जाँदै गरेको बा ७ च ९२६३ नम्बरको मारुती सुजुकी कारमा लागूऔषध गाँजा रहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
आज (शनिबार) कारको पिछा गर्दै जाने क्रममा दुहबी नगरपालिका वडा नं. ४ मालहट्टी स्थितमा कारलाई रोकेर चेकजाँच गर्दा तत्काल चालक फरार भएका थिए ।
उक्त कारलाई चेकजाँच गर्दा कारको डिकी भित्र चार वटा जेब्रा झोलामा प्याक गरेर राखेको अवस्थामा एक सय १६ केजी गाँजा बरामद गरेको हो ।
कार र गाँजा इलाका प्रहरी कार्यालय दुहबीमा राखिएको साथै कार चालकको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post