विराटनगर : कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय धरानमा कार्यरत प्रहरी निरीक्षक दिवस कुँवर र प्रहरी चौकी अमाहिवरयातीमा कार्यरत प्रहरी सहायक निरीक्षक नवराज कार्कीलाई चैत महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ ।
विभागीय मूल्य, मान्यता, आदेश, निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गरेको भन्दै उनीहरूलाई सर्वोत्कृष्ट घोषित गरेको हो ।
प्रहरी निरीक्षक (इन्स्पेक्टर) कुँवरले चैत २५ गते सुनसरीको धरान ६ स्थित वनमा शंकास्पद मृत्यु भएकी धनकुटा महालक्ष्मी नगरपालिका १ घर भइ इटहरी २ बस्दै आएकी ३४ वर्षीया चुनकुमारी दाहाल (बुढाथोकी)को अनुसन्धानको क्रममा हत्यामा संलग्न पाँच जनालाई पक्राउ गर्न सफल भएका थिए ।
यसैगरी प्रहरी सहायक निरीक्षक कार्कीले चैत २१ गते मोरङको जहदा गाउँपालिका ७ का २७ वर्षीय उमेश कामतको घरबाट एक हजार ८८ किलोग्राम गाँजा बरामद गरी कामतलाई पक्राउ गर्न सफल भएका थिए ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले हरेक महिना उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीलाई सर्वोत्कृष्ट प्रहरी घोषित गर्दै आएको छ ।
यो पनि – इटहरीकी दाहालको हत्या प्रकरण : मोटरसाइकलमा लगे, ब्यागको फिताले घाँटी कसे (भिडिओसहित)
यो पनि – धरानको जंगलमा महिलाको हत्या प्रकरण : परिवारकै चार जना नियन्त्रणमा
यो पनि – धरानको जंगलमा मृत भेटिएकी महिला इटहरीकी, घाँटी कसेर हत्या गरिएको आशंका
यो पनि – धरानमा महिलाको हत्या गरी जंगलमा फ्याँकेको आशंका, शव पहिचान गर्न प्रहरीको अपिल
भिडिओ














Discussion about this post