Friday, October 16, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

इटहरीकी दाहालको हत्या प्रकरण : मोटरसाइकलमा लगे, ब्यागको फिताले घाँटी कसे (भिडिओसहित)

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख ४, २०८२
in टाकुरा विशेष, समाचार
0
इटहरीकी दाहालको हत्या प्रकरण : मोटरसाइकलमा लगे, ब्यागको फिताले घाँटी कसे (भिडिओसहित)

घटनामा संलग्नलाई पक्राउ गरी सार्वजनिक गर्दै प्रहरी ।

1.2k
SHARES
Share on FacebookShare on Twitter

 

इटहरी : गत २५ चैतमा धरानको जंगलमा अर्धनग्न अवस्थामा शव फेला परेको घटनामा प्रहरीले श्रीमानसहित ६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । घटना भएको तीन दिनपछि मात्रै शवको पहिचान खुलेको थियो ।

धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं. २ घर भइ इटहरी २ बस्दै आएकी ३४ वर्षीया चुनकुमारी दाहालको शव रहेको पुष्टि भएसँगै अनुसन्धानका लागि कुकुरसहितको टोली खटिएको थियो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) सुमनकुमार तिम्सिनाका अनुसार पक्राउ परेका ६ जनालाई जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।

पक्राउ पर्नेमा धनकुटाको महालक्ष्मी २ बस्ने ३१ वर्षीय प्रेमबहादुर बुढाथोकी (मृतकका श्रीमान), मोरङ पथरीशनिश्चरे ३ संगम चोक बस्ने २९ वर्षीय ढकेन्द्र बुढाथोकी, ढकेन्द्रकी श्रीमती २५ वर्षीया श्रृष्टि बुढाथोकी, पाँचथरको मिक्लाजुङ वडा नं. ७ घर भई हाल मोरङको उर्लाबारी नगरपालिका ५ फागु टोल बस्ने ३६ वर्षीय योगेन्द्र गौतम, योगेन्द्रकी श्रीमती २८ वर्षीया डेनु गौतम र मोरङ पथरीशनिश्चरे ३ बस्ने ४० वर्षीय केशवराज दाहाल रहेका छन् ।

जसमध्ये प्रेमबहादुर मुख्य योजनाकार हुन् । ढकेन्द्र सहोदर भाइ हुन् भने योगेन्द्र भने कान्छा ज्वाइँ रहेको प्रहरीको अनुसन्धानबाट खुलेको एसपी तिम्सिना बताउँछन् ।

अर्का एक भारतीय नागरिक भने फरार रहेकाले उनको खोजी तीव्र पारिएको एसपी तिम्सिनाले जानकारी दिए ।

भारतीय नागरिक भारतको आसाम जिल्ला तेजपुर खकन वस्ती बस्ने ३५ वर्षीय राजु थापा मगर रहेका छन् । उनी भने श्रृष्टिका फुपूका छोरा रहेको प्रहरीले जनाएको छ ।

एसपी तिम्सिनाले भने, ‘यो घटना पारिवारिक विवाद र पारिवारिक असन्तुष्टिबाट जन्मिएको घटना श्रृंखला हो ।’ उनका अनुसार चुनकुमारीको हत्याको मुख्य योजनाकार उनकै श्रीमान हुन् ।

दक्षिण कोरियामा बस्दै आएका ३१ वर्षीय प्रेमबहादुर मुख्य योजनामा हत्याको योजना बनाइएको हालसम्मको अनुसन्धानबाट खुलेको एसपी तिम्सिनाले बताए ।

प्रेमबहादुरलाई कोरियाबाट झिकाएर बिहीबार नियन्त्रणमा लिइएको हो । प्रेमबहादुर गत मंसिरमा कोरियाबाट आएर माघमा पुनः कोरिया गएका थिए । पछिल्लोपटक प्रेमबहादुर मंसिर २७ गते नेपाल आएका थिए भने माघ ५ गते पुनः कोरिया फर्किएका थिए ।

श्रीमान र श्रीमतीबीच पारिवारिक असन्तुष्टि र शंकाले उक्त घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

‘श्रीमान र श्रीमतीबीचको मनमुटाव, श्रीमतीप्रतिको शंका र आर्थिक प्रलोभनका कारण यो घटना भएको देखिन्छ,’ एसपी तिम्सिना भन्छन्, ‘क्रूर यातनासहितको हत्या भएको हाम्रो निष्कर्ष छ ।’

खासगरी प्रहरीको अनुसन्धानअनुसार पक्राउ परेका योगेन्द्रले मोटरसाइकलमा राखेर मृतक चुनकुमारीलाई जंगलसम्म पु¥याउँछन् ।

‘ज्वाइँ (योगेन्द्र)ले आफन्तकोमा जाने भनेर लैजान्छन् । श्रीमतीको विश्वासिलो पात्र उनी भएकाले कोरियाबाट प्रेमबहादुरले तैँले लिएर गइस् भने हुन्छ भनेर प्रभावमा पारेको देखिन्छ,’ एसपी तिम्सिनाले टाकुरा न्यूजसँग भने, ‘लैजाने क्रममा जंगल पुगिसकेपछि बाटो अलमलिएँ भनेर बाटो खोज्न भन्दै खोलातिर जान्छन् र घटना हुन्छ ।’

घटनामा तीन वटा मोटरसाइकल प्रयोग भएको, जसमा एउटा मोटरसाइकलमा योगेन्द्र, बाँकी दुईमा भारतीय नागरिक राजु र मृतकका देवर ढकेन्द्र संलग्न रहेको एसपी तिम्सिनाले बताए ।

‘मुख्यगरी योगेन्द्र र भारतीय नागरिकको संलग्नता देखिएको छ । मृतकका देवर पनि सँगसँगै रहेको अनुसन्धानबाट खुलेको छ,‘’ उनले थपे, ‘मृतकले बोकेको ब्यागको फिताले बाँधेर हत्या गरिएको खुलेको छ ।’

शव अर्धनग्न अवस्थामा भेटिएपनि पोस्टमार्टम रिपोर्टमा भने कुटपिटबाट हत्या भएको देखिएको छ । यद्यपि, प्रहरीले उक्त घटनामा विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ ।

इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश जबेगुका अनुसार घटनामा प्रयोग भएको योगेन्द्र गौतमको मोटरसाइकल प्रदेश १–०२–०४३ प ६८६२ नम्बरको मोटरसाइकल एक थान, मधेस प्रदेश ०३–०२६ प ७१४४ नम्बरको मोटरसाइकल एक थान र प्रदेश १–०२–००४४ प १०५९ नम्बरको मोटरसाइकल एक थान गरी तीन थान मोटरसाइकलसमेत बरामद गरिएको छ ।

पक्राउ परेका ६ जनामाथि नै जिल्ला अदालत सुनसरीबाट आठ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको उनले जनाए ।

भिडिओ

यो पनि – धरानको जंगलमा महिलाको हत्या प्रकरण : परिवारकै चार जना नियन्त्रणमा

यो पनि – धरानको जंगलमा मृत भेटिएकी महिला इटहरीकी, घाँटी कसेर हत्या गरिएको आशंका

यो पनि – धरानमा महिलाको हत्या गरी जंगलमा फ्याँकेको आशंका, शव पहिचान गर्न प्रहरीको अपिल

Tags: #धरान#हत्याअपराधटाकुरा विशेष
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सतिघाटमा फेरि सञ्चालन, भोजपुर–सङ्खुवासभा आवागमन सहज
विविध

सतिघाटमा फेरि सञ्चालन, भोजपुर–सङ्खुवासभा आवागमन सहज

by रासस
अशोज २९, २०८३
0

भोजपुर : भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा फेरि सेवा सञ्चालन भएसँगै नदी वारपार गर्न सहज हुने भएको छ...

जिल्ला अस्पतालमा चिकित्सक नभेटिएपछि उपचारबिनै घर फर्किन बाध्य बिरामी
समाचार

जिल्ला अस्पतालमा चिकित्सक नभेटिएपछि उपचारबिनै घर फर्किन बाध्य बिरामी

by माधव पोख्रेल
अशोज २९, २०८३
0

उदयपुर : उदयपुरको सदरमुकाम गाईघाटस्थित जिल्ला अस्पताल उदयपुरमा चिकित्सक नभेटिएपछि उपचारका लागि आएका चार दर्जनभन्दा बढी बिरामी उपचारबिनै घर फर्कन बाध्य...

धरान आउँदै गरेको बस उदयपुरमा दुर्घटना हुँदा एकको मृत्यु, १६ जना घाइते

धरान आउँदै गरेको बस उदयपुरमा दुर्घटना हुँदा एकको मृत्यु, १६ जना घाइते

अशोज २९, २०८३
विद्यालय पूर्वाधार विस्तार : समेटिएन इटहरीकाे जनता मावि

विद्यालय पूर्वाधार विस्तार : समेटिएन इटहरीकाे जनता मावि

अशोज २९, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

यस्तो छ कोशी मन्त्रिपरिषद्का निर्णय

अशोज २९, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु

अशोज २९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सतिघाटमा फेरि सञ्चालन, भोजपुर–सङ्खुवासभा आवागमन सहज

सतिघाटमा फेरि सञ्चालन, भोजपुर–सङ्खुवासभा आवागमन सहज

अशोज २९, २०८३
जिल्ला अस्पतालमा चिकित्सक नभेटिएपछि उपचारबिनै घर फर्किन बाध्य बिरामी

जिल्ला अस्पतालमा चिकित्सक नभेटिएपछि उपचारबिनै घर फर्किन बाध्य बिरामी

अशोज २९, २०८३
धरान आउँदै गरेको बस उदयपुरमा दुर्घटना हुँदा एकको मृत्यु, १६ जना घाइते

धरान आउँदै गरेको बस उदयपुरमा दुर्घटना हुँदा एकको मृत्यु, १६ जना घाइते

अशोज २९, २०८३
विद्यालय पूर्वाधार विस्तार : समेटिएन इटहरीकाे जनता मावि

विद्यालय पूर्वाधार विस्तार : समेटिएन इटहरीकाे जनता मावि

अशोज २९, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    634 shares
    Share 254 Tweet 159
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    312 shares
    Share 125 Tweet 78
  • इटहरीमा ब्राउनसुगर र नगदसहित युवक पक्राउ

    291 shares
    Share 116 Tweet 73
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    288 shares
    Share 115 Tweet 72

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.