टाकुरा न्युज
Wednesday, June 18, 2025
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

इटहरीकी दाहालको हत्या प्रकरण : मोटरसाइकलमा लगे, ब्यागको फिताले घाँटी कसे (भिडिओसहित)

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : बैशाख ४, २०८२
0
इटहरीकी दाहालको हत्या प्रकरण : मोटरसाइकलमा लगे, ब्यागको फिताले घाँटी कसे (भिडिओसहित)

घटनामा संलग्नलाई पक्राउ गरी सार्वजनिक गर्दै प्रहरी ।

1.2k
SHARES
Share on FacebookShare on Twitter

 

इटहरी : गत २५ चैतमा धरानको जंगलमा अर्धनग्न अवस्थामा शव फेला परेको घटनामा प्रहरीले श्रीमानसहित ६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । घटना भएको तीन दिनपछि मात्रै शवको पहिचान खुलेको थियो ।

धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं. २ घर भइ इटहरी २ बस्दै आएकी ३४ वर्षीया चुनकुमारी दाहालको शव रहेको पुष्टि भएसँगै अनुसन्धानका लागि कुकुरसहितको टोली खटिएको थियो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) सुमनकुमार तिम्सिनाका अनुसार पक्राउ परेका ६ जनालाई जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।

पक्राउ पर्नेमा धनकुटाको महालक्ष्मी २ बस्ने ३१ वर्षीय प्रेमबहादुर बुढाथोकी (मृतकका श्रीमान), मोरङ पथरीशनिश्चरे ३ संगम चोक बस्ने २९ वर्षीय ढकेन्द्र बुढाथोकी, ढकेन्द्रकी श्रीमती २५ वर्षीया श्रृष्टि बुढाथोकी, पाँचथरको मिक्लाजुङ वडा नं. ७ घर भई हाल मोरङको उर्लाबारी नगरपालिका ५ फागु टोल बस्ने ३६ वर्षीय योगेन्द्र गौतम, योगेन्द्रकी श्रीमती २८ वर्षीया डेनु गौतम र मोरङ पथरीशनिश्चरे ३ बस्ने ४० वर्षीय केशवराज दाहाल रहेका छन् ।

जसमध्ये प्रेमबहादुर मुख्य योजनाकार हुन् । ढकेन्द्र सहोदर भाइ हुन् भने योगेन्द्र भने कान्छा ज्वाइँ रहेको प्रहरीको अनुसन्धानबाट खुलेको एसपी तिम्सिना बताउँछन् ।

अर्का एक भारतीय नागरिक भने फरार रहेकाले उनको खोजी तीव्र पारिएको एसपी तिम्सिनाले जानकारी दिए ।

भारतीय नागरिक भारतको आसाम जिल्ला तेजपुर खकन वस्ती बस्ने ३५ वर्षीय राजु थापा मगर रहेका छन् । उनी भने श्रृष्टिका फुपूका छोरा रहेको प्रहरीले जनाएको छ ।

एसपी तिम्सिनाले भने, ‘यो घटना पारिवारिक विवाद र पारिवारिक असन्तुष्टिबाट जन्मिएको घटना श्रृंखला हो ।’ उनका अनुसार चुनकुमारीको हत्याको मुख्य योजनाकार उनकै श्रीमान हुन् ।

दक्षिण कोरियामा बस्दै आएका ३१ वर्षीय प्रेमबहादुर मुख्य योजनामा हत्याको योजना बनाइएको हालसम्मको अनुसन्धानबाट खुलेको एसपी तिम्सिनाले बताए ।

प्रेमबहादुरलाई कोरियाबाट झिकाएर बिहीबार नियन्त्रणमा लिइएको हो । प्रेमबहादुर गत मंसिरमा कोरियाबाट आएर माघमा पुनः कोरिया गएका थिए । पछिल्लोपटक प्रेमबहादुर मंसिर २७ गते नेपाल आएका थिए भने माघ ५ गते पुनः कोरिया फर्किएका थिए ।

श्रीमान र श्रीमतीबीच पारिवारिक असन्तुष्टि र शंकाले उक्त घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

‘श्रीमान र श्रीमतीबीचको मनमुटाव, श्रीमतीप्रतिको शंका र आर्थिक प्रलोभनका कारण यो घटना भएको देखिन्छ,’ एसपी तिम्सिना भन्छन्, ‘क्रूर यातनासहितको हत्या भएको हाम्रो निष्कर्ष छ ।’

खासगरी प्रहरीको अनुसन्धानअनुसार पक्राउ परेका योगेन्द्रले मोटरसाइकलमा राखेर मृतक चुनकुमारीलाई जंगलसम्म पु¥याउँछन् ।

‘ज्वाइँ (योगेन्द्र)ले आफन्तकोमा जाने भनेर लैजान्छन् । श्रीमतीको विश्वासिलो पात्र उनी भएकाले कोरियाबाट प्रेमबहादुरले तैँले लिएर गइस् भने हुन्छ भनेर प्रभावमा पारेको देखिन्छ,’ एसपी तिम्सिनाले टाकुरा न्यूजसँग भने, ‘लैजाने क्रममा जंगल पुगिसकेपछि बाटो अलमलिएँ भनेर बाटो खोज्न भन्दै खोलातिर जान्छन् र घटना हुन्छ ।’

घटनामा तीन वटा मोटरसाइकल प्रयोग भएको, जसमा एउटा मोटरसाइकलमा योगेन्द्र, बाँकी दुईमा भारतीय नागरिक राजु र मृतकका देवर ढकेन्द्र संलग्न रहेको एसपी तिम्सिनाले बताए ।

‘मुख्यगरी योगेन्द्र र भारतीय नागरिकको संलग्नता देखिएको छ । मृतकका देवर पनि सँगसँगै रहेको अनुसन्धानबाट खुलेको छ,‘’ उनले थपे, ‘मृतकले बोकेको ब्यागको फिताले बाँधेर हत्या गरिएको खुलेको छ ।’

शव अर्धनग्न अवस्थामा भेटिएपनि पोस्टमार्टम रिपोर्टमा भने कुटपिटबाट हत्या भएको देखिएको छ । यद्यपि, प्रहरीले उक्त घटनामा विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ ।

इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश जबेगुका अनुसार घटनामा प्रयोग भएको योगेन्द्र गौतमको मोटरसाइकल प्रदेश १–०२–०४३ प ६८६२ नम्बरको मोटरसाइकल एक थान, मधेस प्रदेश ०३–०२६ प ७१४४ नम्बरको मोटरसाइकल एक थान र प्रदेश १–०२–००४४ प १०५९ नम्बरको मोटरसाइकल एक थान गरी तीन थान मोटरसाइकलसमेत बरामद गरिएको छ ।

पक्राउ परेका ६ जनामाथि नै जिल्ला अदालत सुनसरीबाट आठ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको उनले जनाए ।

भिडिओ

यो पनि – धरानको जंगलमा महिलाको हत्या प्रकरण : परिवारकै चार जना नियन्त्रणमा

यो पनि – धरानको जंगलमा मृत भेटिएकी महिला इटहरीकी, घाँटी कसेर हत्या गरिएको आशंका

यो पनि – धरानमा महिलाको हत्या गरी जंगलमा फ्याँकेको आशंका, शव पहिचान गर्न प्रहरीको अपिल

Tags: #धरान#हत्याअपराधटाकुरा विशेष

Related Posts

मोरङको सुन्दरहरैँचामा कारको ठक्करबाट एक पुरुषको मृत्यु
समाचार

तरहराको चारकोसे जंगलमा श्रीमानले चलाएको मोटरसाइकल दुर्घटना, श्रीमतीको मृत्यु

by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : असार ४, २०८२
0

इटहरी : इटहरी उपमहानगरपालिका–२० स्थित तरहराको चारकोसे जंगलमा मोटरसाइकल दुर्घटनामा परेर एक महिलाको मृत्यु भएको छ। मंगलबार अपराह्न करिब ३ः३५...

FEATURE BREAKING

हर्बल मार्केटिङको बहानामा बालश्रम र यौन शोषण, इटहरीको होटलबाट १२ बालबालिकाको उद्धार

by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : असार ३, २०८२
0

इटहरी : मार्केटिङको नाममा काममा लगाएर बन्धक बनाइएका १२ जना बालबालिकालाई प्रहरीले इटहरीस्थित एक होटलबाट उद्धार गरेको छ। घटनामा संलग्न...

सुनसरी, मोरङ र झापाबाट भन्सार छलीका सामान बरामद

प्रकाशित मिति : असार ३, २०८२
मोरङ जिल्ला खेलकुदमा नेतृत्व फेरबदल : पूर्वाग्रहमा हटाइएका तामाङ अदालतको आदेशपछि पुन: अध्यक्ष

मोरङ जिल्ला खेलकुदमा नेतृत्व फेरबदल : पूर्वाग्रहमा हटाइएका तामाङ अदालतको आदेशपछि पुन: अध्यक्ष

प्रकाशित मिति : असार ३, २०८२
सुनसरीकाे बर्जुमा ‘एक विद्यार्थी, एक वृक्ष’ अभियान

सुनसरीकाे बर्जुमा ‘एक विद्यार्थी, एक वृक्ष’ अभियान

प्रकाशित मिति : असार ३, २०८२
धरान उपमहानगरमा मेयर साम्पाङ र उपमेयर बेघाबीच विवाद चुलिँदै, नगर परिसरमा तनाव

धरान उपमहानगरमा मेयर साम्पाङ र उपमेयर बेघाबीच विवाद चुलिँदै, नगर परिसरमा तनाव

प्रकाशित मिति : असार ३, २०८२

Discussion about this post

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मोरङको सुन्दरहरैँचामा कारको ठक्करबाट एक पुरुषको मृत्यु

तरहराको चारकोसे जंगलमा श्रीमानले चलाएको मोटरसाइकल दुर्घटना, श्रीमतीको मृत्यु

प्रकाशित मिति : असार ४, २०८२

हर्बल मार्केटिङको बहानामा बालश्रम र यौन शोषण, इटहरीको होटलबाट १२ बालबालिकाको उद्धार

प्रकाशित मिति : असार ३, २०८२

सुनसरी, मोरङ र झापाबाट भन्सार छलीका सामान बरामद

प्रकाशित मिति : असार ३, २०८२
मोरङ जिल्ला खेलकुदमा नेतृत्व फेरबदल : पूर्वाग्रहमा हटाइएका तामाङ अदालतको आदेशपछि पुन: अध्यक्ष

मोरङ जिल्ला खेलकुदमा नेतृत्व फेरबदल : पूर्वाग्रहमा हटाइएका तामाङ अदालतको आदेशपछि पुन: अध्यक्ष

प्रकाशित मिति : असार ३, २०८२



लाेकप्रिय

  • एसियन हाइवे : इटहरीमा एक सय २४ संरचना भत्किदैँ (यी हुन् भत्किने संरचना)

    एसियन हाइवे : इटहरीमा एक सय २४ संरचना भत्किदैँ (यी हुन् भत्किने संरचना)

    3893 shares
    Share 1557 Tweet 973
  • सुनसरीमा तीनजना सवार मोटरसाइकललाई ट्याक्टरले ठक्कर दिँदा दुईको मृत्यु, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

    1098 shares
    Share 439 Tweet 275
  • सङ्खुवासभामा शंकास्पद मृत्यु: आमा र ७२ दिने शिशुको एकै साथ अन्त्य

    1010 shares
    Share 404 Tweet 253
  • धरानमा ८२ किलोग्राम गाँजासहित एक युवक पक्राउ

    894 shares
    Share 358 Tweet 224
  • भोजपुरमा पत्नीको कुटपिटबाट पतिको मृत्यु

    677 shares
    Share 271 Tweet 169
Facebook Instagram Youtube RSS

कम्पनी दर्ता नं. 
२४२४५३/०७७/०७८
स्थायी लेखा नं. 
६०९८०१८८०
प्रेस काउन्सिल सूचीकृत नं. 
२६९/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं. 
२०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com

हामीसँग जाेडिनुहाेस्

टाकुरा न्यूज टिम

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
विवेक विवश रेग्मी
संवाददाता : राजन काेइराला
संवाददाता : सुमन रेग्मी

Web Designed and Tech Partner :

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana