इटहरी उपमहानरपालिकाका दुईवटा वडा शिल गर्ने निर्णय भएको छ ।
इटहरीको वडा नं. ६ र ९ नम्वर वडालाई शिल गर्ने निर्णय भएको हो ।
इटहरीका मेयर द्धारिकलाल चौधरीको अध्यक्षतामा प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेल र जिल्ला प्रहरी प्रमुख कमल थापा समेतको उपस्थितिमा भएको वैठकले सो निर्णय गरेको हो ।
६ र ९ नम्वर वडामा कोरोना संक्रमितहरुको संख्या वढिरहेकाले शिल गर्ने निर्णय गरिएको बुझिएको छ ।
ती वडामा अतिआवश्यक सेवा र पसल वाहेक सवै सेवा र हिडडुल पूर्ण रुपमा वन्द गर्ने निर्णय भएको छ ।












Discussion about this post