धनकुटा : सप्तकोशी उच्च बाँधविरूद्ध संघर्ष समितिले बुधवार जिल्ला प्रशासन कार्यालय धनकुटा, सहिदभूमि गाउँपालिका र साँगुरीगढी गाउँपालिकालाई कोशी उच्च बाँध निर्माण योजना खाारेजीको माग गर्दै ज्ञापन पत्र बुझाएको छ ।
सहिदभूमि गाउँपालिकामा ज्ञापन पत्र बुझाएर संघर्ष समितिले जिल्ला प्रशासन कार्यालय धनकुटा र साँगुरीगढी गाउँपालिका कार्यालयलाई उच्च बाँध निर्माण योजना खाारेजीको मागसहित ज्ञापन पत्र बुझाइएको संघर्ष समितिका अध्यक्ष असीम राईले बताए ।
सहिदभूमि गाउँपालिकामा पेश गरिएको ज्ञापन पत्रमा भनिएको छ ।
‘नेपालको समृद्धि र विकास अत्यावश्यक भए पनि, त्यसको मूल्यमा स्थानीय जनताको जीवन, संस्कृति र अस्तित्वको बलिदान स्वीकार्य छैन । कोशी उच्च बाँधजस्तो एकपक्षीय परियोजनाले हाम्रो पुख्यौली भूमि, प्राकृतिक स्रोत, सामाजिक संरचना र सांस्कृतिक पहिचानलाई स्थायी डुबानमा पार्ने गम्भीर खतरा निम्त्याएको छ,’ ज्ञापन पत्रमा भनिएको छ ।
डुबान क्षेत्रका जिल्ला जिल्लाका संघीय संसदहरूसमेतलाई ज्ञापन पत्र बुझाइने संघर्ष समिति अध्यक्ष राईले बताए ।
‘यस अन्याय र सम्भावित विनासको विरुद्ध, हामीले कोशी उच्च बाँध विरुद्ध संघर्ष समिति गठन गर्दै संगठित, शान्तिपूर्ण र बौद्धिक आन्दोलनको घोषणा गरेका छौं । सप्तकोशी उच्च बाँधले भौगोलिक विनास, सांस्कृतिक विनाश, प्राकृतिक विनाश, सामाजिक अन्याय लगायतका प्रभावित समुदायको पूर्वसहमति बिना परियोजना अघि बढाइनु लोकतान्त्रिक मूल्य र मानव अधिकारको स्पष्ट उल्लङ्घन हो,’ ज्ञापन पत्रमा भनिएको छ ।
Discussion about this post