इटहरी : विराटनगर १६ स्थितबाट लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले इटहरी उपमहानगरपालिका ३ का २३ वर्षीय एमन खापुङलाई खैरो हिरोइन १ ग्राम १५ मिलिग्रामसहित पक्राउ गरेको छ ।
यसैगरी इलाका प्रहरी कार्यालय उर्लाबारी मोरङबाट खटिएको प्रहरी टोलीले उर्लाबारी नगरपालिका ४ आइतबारेमा कोठा भाडामा बस्दै आएका ४२ वर्षीय योगेन्द्र तुङहाङलाई प्रतिबन्धित औषधी ४० चक्की र खैरोहिरोइन ३ सय १० मिलिग्रामसहित नियन्त्रणमा लिएको छ ।
त्यसैगरी झापाको अस्थायी प्रहरी चौकी गरामनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड ८ स्थितमा कोठा भाडा लिएर बस्दै आएका २६ वर्षीय खड्ग सिंह माझी र २० वर्षीय मुस्कान भुजेललाई खैरो हेरोइन ३ ग्राम २ सय २० मिलिग्रामसहित पक्राउ गरेको छ ।
पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post