टाकुरा न्युज
Friday, June 20, 2025
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

भोजपुर : पौवादुङमाको पाँच सय हेक्टरमा अकबरे खुर्सानी खेती

रासस by रासस
प्रकाशित मिति : जेष्ठ २, २०८२
0
भोजपुर : पौवादुङमाको पाँच सय हेक्टरमा अकबरे खुर्सानी खेती
58
SHARES
Share on FacebookShare on Twitter

भोजपुर : व्यावसायिक अकबरे (डल्ले) खुर्सानीखेती पौवादुङमाका किसान आकर्षित भएका छन् ।

अन्य बालीको तुलनामा खुर्सानीखेतीबाट राम्रो आम्दानी हुने भएपछि यहाँका अधिकांश किसान व्यावसायिक खेतीमा जुटेका हुन् ।

गाउँपालिकाले व्यावसायिकखेती प्रणालीका लागि आवश्यक प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेपछि किसानलाई सहजता भएको छ । यहाँको करिब ५०० हेक्टर क्षेत्रमा किसानले खुर्सानीखेती गरिरहेको कृषि शाखाका प्राविधिक बर्तेन्द्र राईले बताए ।

यहाँका करिब ९०० कृषकले व्यावसायिक अकबरे खुर्सानीखेती गरिरहेको उनको भनाइ छ । खुर्सानीखेतीबाट राम्रो आम्दानी लिन सकिने भएपछि किसान यसतर्फ आकर्षित भएको उनले बताए ।

“अधिकांश किसानले व्यावसायिक रुपमा अकबरे खुर्सानीखेती गरिरहेका छन्”, उनले भने,“यहाँको करिब ५०० हेक्टर क्षेत्रमा किसानले अकबरे खुर्सानीखेती विस्तार गरेका छन्, गत वर्ष खुर्सानीले राम्रो मूल्य पाएपछि यस वर्ष किसानमा थप हौसला बढेको अवस्था छ ।”

गत वर्ष खुर्सानी बिक्रीबाट करिब रु १८ करोड भित्रिएको तथ्याङ्क रहेको उहाँले बताउनुभयो । यस वर्ष खेती विस्तार बढेकाले खुर्सानीबाट रु ३० देखि ३५ करोड भित्र्याउने लक्ष्य रहेको उनको भनाइ छ ।

किसानको राम्रो आम्दानीको स्रोतका रुपमा अकबरे खुर्सानी रहेकाले गाउँपालिकाले विभिन्न अनुदानका कार्यक्रम सञ्चालन गरेर प्रोत्साहन गरिरहेको प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले बताए । गाउँपालिकाले आवश्यक सहयोगको कार्यक्रम सञ्चालनले गत वर्षको तुलनामा यस वर्ष खेती विस्तार बढेको उनको भनाइ छ ।

“अकबरे खुर्सानी किसानको मुख्य आम्दानीको स्रोतको रुपमा रहेको छ”, प्रशासकीय अधिकृत भट्टराईले भने, “गाउँपालिकाले किसानलाई प्रोत्साहन गर्न आवश्यक प्राविधिक सहयोग गरिरहेको छ, किसानहरु व्यावसायिक खुर्सानीखेतीमा जुटेका छन् ।” कृषिबाट कृषकलाई आयआर्जनमा जोड्न गाउँपालिकाले आवश्यक सहयोग गर्दै आएको उहाँको भनाइ छ ।

स्थानीय किसानले उत्पादन गरेको खुर्सानी स्थानीय बजारसँगै धरान, इटहरी, विराटनगर, काठमाडौँलगायत शहरमा पुग्ने गरेको छ ।

उत्पादन भएको खुर्सानी किसानको बगानबाट नै ठेकेदारले खरिद गरेर लैजाने गरेका छन् । अकबरे खुर्सानीको बिक्रीबाट एक किसानले न्यूनतम रु एक लाख ५० हजारदेखि रु सात लाखसम्म भित्र्याउने गरेको पौवादुङमा–४ बास्तिमका किसान ध्रुव राईले जानकारी दिए ।

खुर्सानीबाट राम्रो आम्दानी हुने भएपछि आफूले २० रोपनी क्षेत्रमा खुर्सानी विस्तार गरेको उनको भनाइ छ । यस वर्ष खुर्सानीबाट रु आठ लाखदेखि रु १० लाख आम्दानी लिने लक्ष्य रहेको उनले बताए ।

बाह्र रोपनी क्षेत्रमा विस्तार गरेको खुर्सानीखेतीबाट गत वर्ष रु पाँच लाख आम्दानी गरेको उनको भनाइ छ । “अकबरे खुर्सानी बिक्रीबाट राम्रो आम्दानी गरिरहेको छु”, उनले भने,“अहिले २० रोपनी क्षेत्रमा खेती विस्तार गरेको छु, यस वर्ष रु आठदेखि रु १० लाख आम्दानी लिने लक्ष्य छ ।”

गाउँपालिकाले पकेट क्षेत्र निर्धारण नै गरेर कृषकलाई खुर्सानीखेतीमा प्रोत्साहन गरिरहेको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताए । किसानलाई आवश्यक प्रोत्साहन गरेसँगै गाउँपालिकाको मुख्य आम्दानीको स्रोतका रुपमा अकबरे खुर्सानी स्थापित भएको उनको भनाइ छ ।

“हामीले पकेट क्षेत्र निर्धारण गरेर विभिन्न खेती प्रणालीमा जोड दिएका छौँ”, उपाध्यक्ष राईले भने, “गाउँपालिकाले गरेको लगानीको प्रतिफल आउन थालेको अवस्था छ, यहाँको खुर्सानीलगायतका कृषि उपज बाह्य बजारमा जाने अवस्था बनेको छ ।”

गाउँपालिकाले कृषि एम्बलुेन्स खरिद गरेर यहाँ उत्पादन भएका कृषि उपजको बजारीकरणका लागिसमेत काम गरिरहेको छ । गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ लगानी गरिरहेको गाउँपालिका अध्यक्ष किरण राईले बताए ।

गाउँपालिकाले खेती प्रणालीमा जोड दिएसँगै अकबरे खुर्सानीखेतीबाट मात्र करोडौँ भित्रिने अवस्था बनेको उनको भनाइ छ । खुर्सानीखेतीको क्षेत्रलाई विस्तारका लागि गाउँपालिकाले यस वर्ष ७५० किसानलाई रु ७० लाख बढीको मल्चिङ प्लास्टिकलगायतका कृषि सामग्री वितरण गरिएको अध्यक्ष राईको भनाइ छ ।

यहाँका छवटै वडामा माटो र हावापानी सुहाउँदो व्यावसायिक खेतीका लागि प्रोत्साहनमूलक कार्यक्रम ल्याएको गाउँपालिका अध्यक्ष राईले जानकारी दिए ।

“कृषिमा हामीले दूरगामी योजनाका साथ लगानी गरिरहेका छौँ”, अध्यक्ष राईले भने, “किसानको मुख्य आम्दानीको स्रोतका रुपमा अकबरे खुर्सानी बनेको अवस्था छ, खुर्सानीखेती विस्तारका लागि यो वर्ष मात्र रु ७० लाख बढीको कृषि सामग्री वितरण गरेका छौँ, गाउँपालिकाले प्राथमिकता निर्धारण गरेर थालेको लगानीको स्थानीयले प्रतिफल लिन थालेका छन् ।”

गाउँपालिका–२ तिवारीभञ्याङ, वडा नम्बर ३ च्याङग्रे, वडा नम्बर ४ बास्तिम, वडा नम्बर ५ सानोदुम्मा र वडा नम्बर ६ ठूलोदुम्मामा व्यावसायिक अकबरे खुसार्नीखेती भइरहेको छ ।

यस्तै वडा नम्बर १ श्यामशिलाको वडा कार्यालय मुनिको भूगोललाई आलु, बन्दाकोबी र काउलीको खेतीको पकेट क्षेत्रका रुपमा विकास गर्ने योजना रहेको गाउँपालिकाले जनाएको छ ।

वडा नम्बर १ श्यामशिलाको माथिल्लो भेगमा किवीखेतीको पकेट क्षेत्र निर्धारण गरिएको गाउँपालिकाले जनाएको छ ।

 

 

Tags: #भोजपुर#राससखेती

Related Posts

कोशी प्रदेशसभा : नीति तथा कार्यक्रममाथिको छलफल जारी, सांसद चढेको गाडी दुर्घटनाको छानबिन गर्न निर्देशन 
FEATURE BREAKING

काेशी प्रदेशसभामा बजेटमाथिको छलफल समाप्त, सरकार स्रोत र खर्चमा विश्वस्त

by रासस
प्रकाशित मिति : असार ५, २०८२
0

विराटनगर : काेशी प्रदेशसभाको बिहीबारको बैठकमा आर्थिक वर्ष २०८२।८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल समाप्त भएको छ। छलफलमा...

स्काउट दिवसको अवसरमा राष्ट्रिय माविमा रक्तदान, ५३ जनाको सहभागिता
विविध

स्काउट दिवसको अवसरमा राष्ट्रिय माविमा रक्तदान, ५३ जनाको सहभागिता

by रासस
प्रकाशित मिति : असार ५, २०८२
0

इटहरी : नेपाल स्काउटको ७४ औं स्थापना दिवसको अवसरमा इटहरीस्थित राष्ट्रिय माध्यमिक विद्यालयले बिहीबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा...

निगुरो खोज्न जंगल जाने क्रममा तरहरामा एक महिलालाई हात्तीले आक्रमण गर्यो

झापाका ५२५ जना हात्ती पीडित राहतका पर्खाइमा

प्रकाशित मिति : असार ५, २०८२
भोजपुर : रेडपान्डा संरक्षणका लागि ४८ वटा क्यामरा जडान

भोजपुर : रेडपान्डा संरक्षणका लागि ४८ वटा क्यामरा जडान

प्रकाशित मिति : असार ५, २०८२
धरानमा पहिलोपटक महिला क्लबस्तरीय फुटबल प्रतियोगिता हुँदै

धरानमा पहिलोपटक महिला क्लबस्तरीय फुटबल प्रतियोगिता हुँदै

प्रकाशित मिति : असार ४, २०८२
विराटनगरमा टिपरको ठक्करबाट बाबुको मृत्यु, छोरा सकुशल

विराटनगरमा टिपरको ठक्करबाट बाबुको मृत्यु, छोरा सकुशल

प्रकाशित मिति : असार ४, २०८२

Discussion about this post

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशी प्रदेशसभा : नीति तथा कार्यक्रममाथिको छलफल जारी, सांसद चढेको गाडी दुर्घटनाको छानबिन गर्न निर्देशन 

काेशी प्रदेशसभामा बजेटमाथिको छलफल समाप्त, सरकार स्रोत र खर्चमा विश्वस्त

प्रकाशित मिति : असार ५, २०८२
स्काउट दिवसको अवसरमा राष्ट्रिय माविमा रक्तदान, ५३ जनाको सहभागिता

स्काउट दिवसको अवसरमा राष्ट्रिय माविमा रक्तदान, ५३ जनाको सहभागिता

प्रकाशित मिति : असार ५, २०८२
निगुरो खोज्न जंगल जाने क्रममा तरहरामा एक महिलालाई हात्तीले आक्रमण गर्यो

झापाका ५२५ जना हात्ती पीडित राहतका पर्खाइमा

प्रकाशित मिति : असार ५, २०८२
भोजपुर : रेडपान्डा संरक्षणका लागि ४८ वटा क्यामरा जडान

भोजपुर : रेडपान्डा संरक्षणका लागि ४८ वटा क्यामरा जडान

प्रकाशित मिति : असार ५, २०८२



लाेकप्रिय

  • एसियन हाइवे : इटहरीमा एक सय २४ संरचना भत्किदैँ (यी हुन् भत्किने संरचना)

    एसियन हाइवे : इटहरीमा एक सय २४ संरचना भत्किदैँ (यी हुन् भत्किने संरचना)

    3898 shares
    Share 1559 Tweet 975
  • सुनसरीमा तीनजना सवार मोटरसाइकललाई ट्याक्टरले ठक्कर दिँदा दुईको मृत्यु, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

    1098 shares
    Share 439 Tweet 275
  • सङ्खुवासभामा शंकास्पद मृत्यु: आमा र ७२ दिने शिशुको एकै साथ अन्त्य

    1010 shares
    Share 404 Tweet 253
  • धरानमा ८२ किलोग्राम गाँजासहित एक युवक पक्राउ

    895 shares
    Share 358 Tweet 224
  • भोजपुरमा पत्नीको कुटपिटबाट पतिको मृत्यु

    739 shares
    Share 296 Tweet 185
Facebook Instagram Youtube RSS

कम्पनी दर्ता नं. 
२४२४५३/०७७/०७८
स्थायी लेखा नं. 
६०९८०१८८०
प्रेस काउन्सिल सूचीकृत नं. 
२६९/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं. 
२०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com

हामीसँग जाेडिनुहाेस्

टाकुरा न्यूज टिम

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
विवेक विवश रेग्मी
संवाददाता : राजन काेइराला
संवाददाता : सुमन रेग्मी

Web Designed and Tech Partner :

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana