Monday, May 11, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

कोशी प्रदेशसभा : नीति तथा कार्यक्रममाथिको छलफल जारी, सांसद चढेको गाडी दुर्घटनाको छानबिन गर्न निर्देशन 

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ ७, २०८२
in समाचार
0
कोशी प्रदेशसभा : नीति तथा कार्यक्रममाथिको छलफल जारी, सांसद चढेको गाडी दुर्घटनाको छानबिन गर्न निर्देशन 

कोशी प्रदेशसभा बैठक ।

85
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : कोशी प्रदेशसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत भएको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल जारी छ ।

कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम ३८ को उपनियम १ बमोजिम सुरु भएको छलफलमा प्रदेशसभाका सांसदहरू कमजप्रसाद जबेगु, विदुरकुमार लिङथेप, बाबुराम गौतम, राजेन्द्र कार्की, सपना दर्जी, प्रदीपकुमार सुनवार, विनोद राई, खगेश्वरी पौडेल, होमबहादुर थापालगायतले आ–आफ्नो धारणा राखे।

बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले समसामयिक विषयमा उठेका जिज्ञासाको जवाफमा प्रदेश सरकार संविधान र कानुनको दायराभित्र रही काम, कर्तव्य र अधिकार प्रयोगमा प्रतिबद्ध रहेको जानकारी दिए।

उनले भर्खरै कोशीमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न भएको जनाउँदै शान्ति सुरक्षा, मौद्रिक नीति, परराष्ट्र नीतिलगायत क्षेत्र सङ्घीय सरकारको मातहत रहने भएकाले सोही मान्यताअनुसार सुरक्षा बैठक सम्पन्न भएको स्पष्ट पारे ।

उक्त गोष्ठीमा सुरक्षा निकायलाई सरकारले आवश्यक निर्देशन दिएको बताउँदै मन्त्री भण्डारीले यही जेठ ५ गते मोरङको कानेपोखरीमा प्रदेशसभाका सांसद सवार सवारी दुर्घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न सुरक्षा निकायलाई निर्देशन दिइसकिएको स्पष्ट पारे ।

उनले चार जना सांसदमा दुई जना उपचारपछि घर फर्किएको जनाउँदे दुई जना उपचाररत रहेकाले सरकारले आवश्यक सहयोग गर्ने बताए । उनले घाइते सांसदद्वयको शीघ्र स्वास्थ्य लाभको कामना गरे ।

मन्त्री भण्डारीले गत वर्षमा बाढी र पहिरोबाट कोशी प्रदेशमा चार अर्ब ६२ करोड बराबरको क्षति भएकामा सरकारले चालु खर्चमा कटौती गरी रु ४० करोड बराबरको राहत वितरण र निर्माण सम्पन्न गरेको जानकारी दिए।

उनले प्रदेश सरकारको मातहतमा रहेको यातायात व्यवस्था कार्यालय व्यवस्थित गर्ने प्रयास भइरहेको भन्दै विद्युतीय प्रणालीबाट कर भुक्तानी र सवारी अनुमतिपत्र एक महिनामा प्रदान गर्ने व्यवस्था सरकारले मिलाइसकेको जानकारी दिए।

यसअघि आजको बैठकको शून्य समयमा सांसदहरू खिनु लङवा लिम्बू, गोम्बु शेर्पा, सम्झना तामाङ थाम्साङ, तिलचन पाठक, बुद्धिकुमार राजभण्डारी, रामप्रसाद मेहता, र कमलप्रसाद जबेगुले मुलुकको सामयिक विषयमा धारणा राखेका थिए ।

Tags: #राससकोसी प्रदेशनिर्देशननीति तथा कार्यक्रम
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठसहित) 
FEATURE BREAKING

यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठसहित) 

by टाकुरा न्यूज । इटहरी
बैशाख २८, २०८३
0

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३।८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।...

सर्भर अपग्रेड गर्दा बीपी प्रतिष्ठानमा सेवाप्रवाह अवरुद्ध, हजारौँ बिरामी प्रभावित
समाचार

वीपी प्रतिष्ठानमा अब सातामा दुई दिन सार्वजनिक बिदा

by टाकुरा न्यूज । इटहरी
बैशाख २८, २०८३
0

धरान : धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जेठ १ गतेदेखि सातामा दुई दिन सार्वजनिक बिदा लागू गर्ने भएको छ ।...

लागूऔषध : धरानमा ट्याटु हाउस सञ्चालकसहित सात जना नियन्त्रणमा

धरानमा छुरा प्रहारबाट युवकको हत्या गरी फरार व्यक्ति पक्राउ 

बैशाख २८, २०८३
जनता माविको विवाद उत्कर्षमा, इटहरी उपमहानगर गेटमा अभिभावको धर्ना 

जनता माविको विवाद उत्कर्षमा, इटहरी उपमहानगर गेटमा अभिभावको धर्ना 

बैशाख २८, २०८३
कोशीमा तीन वर्षमा ४८ हजार ८२२ महिलाले लिए सुरक्षित गर्भपतन सेवा, तर लाजले जोखिमपूर्ण

झापा : ३ वर्षमा १० हजारले लिए सुरक्षित गर्भपतन सेवा, ६०६ जना २० वर्षमुनिका

बैशाख २८, २०८३
मोरङमा २० लाख भारतीय रुपैयाँ बरामद 

मोरङमा २० लाख भारतीय रुपैयाँ बरामद 

बैशाख २८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठसहित) 

यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठसहित) 

बैशाख २८, २०८३
सर्भर अपग्रेड गर्दा बीपी प्रतिष्ठानमा सेवाप्रवाह अवरुद्ध, हजारौँ बिरामी प्रभावित

वीपी प्रतिष्ठानमा अब सातामा दुई दिन सार्वजनिक बिदा

बैशाख २८, २०८३
लागूऔषध : धरानमा ट्याटु हाउस सञ्चालकसहित सात जना नियन्त्रणमा

धरानमा छुरा प्रहारबाट युवकको हत्या गरी फरार व्यक्ति पक्राउ 

बैशाख २८, २०८३
जनता माविको विवाद उत्कर्षमा, इटहरी उपमहानगर गेटमा अभिभावको धर्ना 

जनता माविको विवाद उत्कर्षमा, इटहरी उपमहानगर गेटमा अभिभावको धर्ना 

बैशाख २८, २०८३



लाेकप्रिय

  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    651 shares
    Share 260 Tweet 163
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    622 shares
    Share 249 Tweet 156
  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1554 shares
    Share 622 Tweet 389
  • इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

    501 shares
    Share 200 Tweet 125
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    470 shares
    Share 188 Tweet 118

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.