टाकुरा न्युज
Friday, June 20, 2025
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

कोशी प्रदेशसभा : नीति तथा कार्यक्रममाथिको छलफल जारी, सांसद चढेको गाडी दुर्घटनाको छानबिन गर्न निर्देशन 

रासस by रासस
प्रकाशित मिति : जेष्ठ ७, २०८२
0
कोशी प्रदेशसभा : नीति तथा कार्यक्रममाथिको छलफल जारी, सांसद चढेको गाडी दुर्घटनाको छानबिन गर्न निर्देशन 

कोशी प्रदेशसभा बैठक ।

67
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : कोशी प्रदेशसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत भएको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल जारी छ ।

कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम ३८ को उपनियम १ बमोजिम सुरु भएको छलफलमा प्रदेशसभाका सांसदहरू कमजप्रसाद जबेगु, विदुरकुमार लिङथेप, बाबुराम गौतम, राजेन्द्र कार्की, सपना दर्जी, प्रदीपकुमार सुनवार, विनोद राई, खगेश्वरी पौडेल, होमबहादुर थापालगायतले आ–आफ्नो धारणा राखे।

बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले समसामयिक विषयमा उठेका जिज्ञासाको जवाफमा प्रदेश सरकार संविधान र कानुनको दायराभित्र रही काम, कर्तव्य र अधिकार प्रयोगमा प्रतिबद्ध रहेको जानकारी दिए।

उनले भर्खरै कोशीमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न भएको जनाउँदै शान्ति सुरक्षा, मौद्रिक नीति, परराष्ट्र नीतिलगायत क्षेत्र सङ्घीय सरकारको मातहत रहने भएकाले सोही मान्यताअनुसार सुरक्षा बैठक सम्पन्न भएको स्पष्ट पारे ।

उक्त गोष्ठीमा सुरक्षा निकायलाई सरकारले आवश्यक निर्देशन दिएको बताउँदै मन्त्री भण्डारीले यही जेठ ५ गते मोरङको कानेपोखरीमा प्रदेशसभाका सांसद सवार सवारी दुर्घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न सुरक्षा निकायलाई निर्देशन दिइसकिएको स्पष्ट पारे ।

उनले चार जना सांसदमा दुई जना उपचारपछि घर फर्किएको जनाउँदे दुई जना उपचाररत रहेकाले सरकारले आवश्यक सहयोग गर्ने बताए । उनले घाइते सांसदद्वयको शीघ्र स्वास्थ्य लाभको कामना गरे ।

मन्त्री भण्डारीले गत वर्षमा बाढी र पहिरोबाट कोशी प्रदेशमा चार अर्ब ६२ करोड बराबरको क्षति भएकामा सरकारले चालु खर्चमा कटौती गरी रु ४० करोड बराबरको राहत वितरण र निर्माण सम्पन्न गरेको जानकारी दिए।

उनले प्रदेश सरकारको मातहतमा रहेको यातायात व्यवस्था कार्यालय व्यवस्थित गर्ने प्रयास भइरहेको भन्दै विद्युतीय प्रणालीबाट कर भुक्तानी र सवारी अनुमतिपत्र एक महिनामा प्रदान गर्ने व्यवस्था सरकारले मिलाइसकेको जानकारी दिए।

यसअघि आजको बैठकको शून्य समयमा सांसदहरू खिनु लङवा लिम्बू, गोम्बु शेर्पा, सम्झना तामाङ थाम्साङ, तिलचन पाठक, बुद्धिकुमार राजभण्डारी, रामप्रसाद मेहता, र कमलप्रसाद जबेगुले मुलुकको सामयिक विषयमा धारणा राखेका थिए ।

Tags: #राससकोसी प्रदेशनिर्देशननीति तथा कार्यक्रम

Related Posts

कोशी प्रदेशसभा : नीति तथा कार्यक्रममाथिको छलफल जारी, सांसद चढेको गाडी दुर्घटनाको छानबिन गर्न निर्देशन 
FEATURE BREAKING

काेशी प्रदेशसभामा बजेटमाथिको छलफल समाप्त, सरकार स्रोत र खर्चमा विश्वस्त

by रासस
प्रकाशित मिति : असार ५, २०८२
0

विराटनगर : काेशी प्रदेशसभाको बिहीबारको बैठकमा आर्थिक वर्ष २०८२।८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल समाप्त भएको छ। छलफलमा...

स्काउट दिवसको अवसरमा राष्ट्रिय माविमा रक्तदान, ५३ जनाको सहभागिता
विविध

स्काउट दिवसको अवसरमा राष्ट्रिय माविमा रक्तदान, ५३ जनाको सहभागिता

by रासस
प्रकाशित मिति : असार ५, २०८२
0

इटहरी : नेपाल स्काउटको ७४ औं स्थापना दिवसको अवसरमा इटहरीस्थित राष्ट्रिय माध्यमिक विद्यालयले बिहीबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा...

निगुरो खोज्न जंगल जाने क्रममा तरहरामा एक महिलालाई हात्तीले आक्रमण गर्यो

झापाका ५२५ जना हात्ती पीडित राहतका पर्खाइमा

प्रकाशित मिति : असार ५, २०८२
भोजपुर : रेडपान्डा संरक्षणका लागि ४८ वटा क्यामरा जडान

भोजपुर : रेडपान्डा संरक्षणका लागि ४८ वटा क्यामरा जडान

प्रकाशित मिति : असार ५, २०८२
धरानमा पहिलोपटक महिला क्लबस्तरीय फुटबल प्रतियोगिता हुँदै

धरानमा पहिलोपटक महिला क्लबस्तरीय फुटबल प्रतियोगिता हुँदै

प्रकाशित मिति : असार ४, २०८२
विराटनगरमा टिपरको ठक्करबाट बाबुको मृत्यु, छोरा सकुशल

विराटनगरमा टिपरको ठक्करबाट बाबुको मृत्यु, छोरा सकुशल

प्रकाशित मिति : असार ४, २०८२

Discussion about this post

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशी प्रदेशसभा : नीति तथा कार्यक्रममाथिको छलफल जारी, सांसद चढेको गाडी दुर्घटनाको छानबिन गर्न निर्देशन 

काेशी प्रदेशसभामा बजेटमाथिको छलफल समाप्त, सरकार स्रोत र खर्चमा विश्वस्त

प्रकाशित मिति : असार ५, २०८२
स्काउट दिवसको अवसरमा राष्ट्रिय माविमा रक्तदान, ५३ जनाको सहभागिता

स्काउट दिवसको अवसरमा राष्ट्रिय माविमा रक्तदान, ५३ जनाको सहभागिता

प्रकाशित मिति : असार ५, २०८२
निगुरो खोज्न जंगल जाने क्रममा तरहरामा एक महिलालाई हात्तीले आक्रमण गर्यो

झापाका ५२५ जना हात्ती पीडित राहतका पर्खाइमा

प्रकाशित मिति : असार ५, २०८२
भोजपुर : रेडपान्डा संरक्षणका लागि ४८ वटा क्यामरा जडान

भोजपुर : रेडपान्डा संरक्षणका लागि ४८ वटा क्यामरा जडान

प्रकाशित मिति : असार ५, २०८२

लाेकप्रिय

  • एसियन हाइवे : इटहरीमा एक सय २४ संरचना भत्किदैँ (यी हुन् भत्किने संरचना)

    एसियन हाइवे : इटहरीमा एक सय २४ संरचना भत्किदैँ (यी हुन् भत्किने संरचना)

    3898 shares
    Share 1559 Tweet 975
  • सुनसरीमा तीनजना सवार मोटरसाइकललाई ट्याक्टरले ठक्कर दिँदा दुईको मृत्यु, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

    1098 shares
    Share 439 Tweet 275
  • सङ्खुवासभामा शंकास्पद मृत्यु: आमा र ७२ दिने शिशुको एकै साथ अन्त्य

    1010 shares
    Share 404 Tweet 253
  • धरानमा ८२ किलोग्राम गाँजासहित एक युवक पक्राउ

    895 shares
    Share 358 Tweet 224
  • भोजपुरमा पत्नीको कुटपिटबाट पतिको मृत्यु

    739 shares
    Share 296 Tweet 185
Facebook Instagram Youtube RSS

कम्पनी दर्ता नं. 
२४२४५३/०७७/०७८
स्थायी लेखा नं. 
६०९८०१८८०
प्रेस काउन्सिल सूचीकृत नं. 
२६९/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं. 
२०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com

हामीसँग जाेडिनुहाेस्

टाकुरा न्यूज टिम

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
विवेक विवश रेग्मी
संवाददाता : राजन काेइराला
संवाददाता : सुमन रेग्मी

Web Designed and Tech Partner :

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana