मोरङका ६ वटा स्थानीय तहमा लकडाउन थप्ने निर्णण भएको छ ।
विराटनगर महानगरबाहेक भारतसँग सीमा जोडिएका स्थानीय तहहरुले लकडाउन गर्ने निर्णय गरेका हुन् ।
बुधबार रङ्गेलीमा बसेको बैठकमा रतुवामाई, सुनबर्षी, रंगेली, धनपालथान, कटहरी र जहदाका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुको उपस्थिति रहेको थियो ।
यसअघि जारी गरिएको भदौ १० सम्मको लकडाउनलाई थप ७ दिन लम्ब्याउने निर्णय गरेको छ ।
Discussion about this post