Saturday, November 15, 2025
Election Countdown
Election Icon
संघीय संसद निर्वाचन
-- दिन बाँकी
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

राष्ट्रिय माध्यमिक विद्यालयमा विद्यार्थीले निर्वाचनमार्फत चुने कप्तान

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ २३, २०८२
in विविध, समाचार
0
राष्ट्रिय माध्यमिक विद्यालयमा विद्यार्थीले निर्वाचनमार्फत चुने कप्तान
90
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरी वडा नं. १ मा सञ्चालित राष्ट्रिय माध्यमिक विद्यालयमा विद्यार्थीको कप्तान र भाइस कप्तान तथा हाउस कप्तान चयन गर्न शुक्रबार मतदान भएको छ ।

मतदानमा ६४२ जना अर्थात ८० प्रतिशत मत खसेको छ ।
विद्यार्थीबिचको चुनावी प्रतिस्पर्धा प्रक्रिया कुनै आवधिक वा स्थानीय तहको निर्वाचनको झझल्को दिने किसिमको थियो ।

निर्वाचनमा १२ पदका लागि ३९ जना विद्यार्थीबिच प्रतिस्पर्धा भएको हो । विद्यार्थीहरुले चारवटा मतदान केन्द्रमार्फत मतदान गरे ।

चुनावी प्रतिस्पर्धामा विद्यालयका कप्तान छात्र तर्फको प्रतिस्पर्धामा चार जना उम्मेदवार रहेका र छात्रातर्फ दुई जना उम्मेदवार रहेको मुख्य निर्वाचन अधिकृत शिक्षक युवराज काफ्लेले बताए ।

उनका अनुसार सहायक कप्तानका लागि छात्राछात्रा तर्फ तीन–तीन जना उम्मेदवार रहेका छन् ।

यस्तै, हाउस कप्तान अन्तर्गत ग्रिन हाउसको कप्तानमा तीन र भाइस कप्तानमा दुई जनाबिच प्रतिस्पर्धा भएको छ ।

ग्रिन हाउसतर्फ १४८ मत खसेको छ । रेड हाउसतर्फ कप्तानमा आठ जना र भाइस कप्तानमा दुई जनाबिच प्रतिस्पर्धा भएको छ । रेड हाउसतर्फ १८८ मत खसेको छ ।

यस्तै, ब्लु हाउसमा कप्तानमा चार जना र भाइस कप्तानमा तीन जनाबिच प्रतिस्पर्धा भएको मुख्य निर्वाचन अधिकृत काफ्लेले जनाए । ब्लु हाउसतर्फ १७१ मत खसेको छ ।

चुनावी प्रतिस्पर्धामा यल्लो हाउसतर्फ कप्तानका लागि दुई जना र भाइस कप्तानका लागि तीन जनाबिच प्रतिस्पर्धा भएको छ । यल्लो हाउसतर्फ १३५ मत खसेको छ ।

नेपालमा हुने निर्वाचन प्रक्रिया प्रणाली सिकाउन कक्षा ६ देखि १० सम्मका विद्यार्थीबिच चुनाबको अभ्यास गराएको विद्यालयका प्रधानाध्यापक सरनकुमार बस्नेतले बताए ।

उनका अनुसार चुनावी प्रतिस्पर्धाले विद्यार्थीलाई पाठयक्रममै भएका विषयवस्तु निर्वाचन शिक्षा, नेतृत्व चयन र चुनाबी प्रक्रियाबारे प्रयोगात्मक ज्ञान भएको छ ।

चुनावी प्रतिस्पर्धाअघि उम्मेदवारी घोषणा, मनोनयन दर्ता, दावीविरोध, उम्मेदवारी फिर्ता, चुनाव प्रचारप्रसार, मौनअवधि जस्ता आधारभूत क्रियाकलाप सबै पूरा गरिएको विद्यालयका सहायक प्रधानाध्यापक यमूना बस्नेतले बताइन् ।

उम्मेदवार बनेका विद्यार्थीले मत माग्ने, आफ्ना एजेन्डा प्रस्तुत गर्ने र मौन अवधिको नियमलाई कडा रुपमा पालना गरेको अर्का सहायक प्रधानाध्यापक लक्ष्मी सुवेदीले बताए ।

चुनाव बिहान १० बजेदेखि सुरु भएर २ बजेसम्म भएको र त्यसपछि मतगणना भएर शुक्रबार साँझसम्म अन्तिम नतिजा सार्वजनिक गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कोविदजङ्ग कार्कीले बताए ।

Tags: निर्वाचनराष्ट्रिय माध्यमिक विद्यालयशिक्षा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

तेह्रथुमको कालिका आधारभूत विद्यालयलाई शैक्षिक सामग्री सहयोग
विविध

तेह्रथुमको कालिका आधारभूत विद्यालयलाई शैक्षिक सामग्री सहयोग

by टाकुरा न्यूज । इटहरी
कार्तिक २९, २०८२
0

तेह्रथुम : तेह्रथुमको लालीगुराँस नगरपालिका–९ स्थित कालिका आधारभूत विद्यालयलाई सेनेहाङ परिवार र युकेमा रहेका पूर्व–लाहुरेहरूको समूहले संयुक्त रूपमा करिब दुई...

यातायातमा जरिवाना मिनाहा गर्ने कोशी सरकारको निर्णय
FEATURE BREAKING

आफ्नै घरमा बसेर आवास भत्ता लिएका कोशीका मन्त्री भण्डारी विवादमा तानिए

by टाकुरा न्यूज । इटहरी
कार्तिक २९, २०८२
0

इटहरी : आफ्नै घरमा बसेर सरकारबाट आवास भत्ता लिएको विषय सार्वजनिक भएपछि कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारी विवादमा...

धरानमा ४९ किलो गाँजा बरामद, दुई जना फरार

धरानमा ४९ किलो गाँजा बरामद, दुई जना फरार

कार्तिक २९, २०८२
आगलागीमा परी दुई बालबालिकाको मृत्यु

झापामा ८४ वर्षीय वृद्धले आफ्नै शरीरमा आगो लगाएपछि…

कार्तिक २९, २०८२

ताप्लेजुङमा मन्दिरबाट लडेर बालिकाको मृत्यु

कार्तिक २९, २०८२
स्थानीय तह निर्वाचन : वैशाख ११ र १२ गते मनोनयन दर्ता

मतदाता नामावली संकलन मंसिर ५ गतेसम्म

कार्तिक २८, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

तेह्रथुमको कालिका आधारभूत विद्यालयलाई शैक्षिक सामग्री सहयोग

तेह्रथुमको कालिका आधारभूत विद्यालयलाई शैक्षिक सामग्री सहयोग

कार्तिक २९, २०८२
यातायातमा जरिवाना मिनाहा गर्ने कोशी सरकारको निर्णय

आफ्नै घरमा बसेर आवास भत्ता लिएका कोशीका मन्त्री भण्डारी विवादमा तानिए

कार्तिक २९, २०८२
धरानमा ४९ किलो गाँजा बरामद, दुई जना फरार

धरानमा ४९ किलो गाँजा बरामद, दुई जना फरार

कार्तिक २९, २०८२
आगलागीमा परी दुई बालबालिकाको मृत्यु

झापामा ८४ वर्षीय वृद्धले आफ्नै शरीरमा आगो लगाएपछि…

कार्तिक २९, २०८२



लाेकप्रिय

  • यातायातमा जरिवाना मिनाहा गर्ने कोशी सरकारको निर्णय

    यातायातमा जरिवाना मिनाहा गर्ने कोशी सरकारको निर्णय

    1334 shares
    Share 534 Tweet 334
  • इटहरीमा मदिरा सेवन गरी झडप, चारजना अस्पताल भर्ना

    767 shares
    Share 307 Tweet 192
  • यी हुन् झुम्का कारागारबाट फरार ६१५ कैदी (सूचीसहित)

    2625 shares
    Share 1050 Tweet 656
  • मोरङमा दुई सातादेखि हराएकी १३ वर्षीया बालिकाको टाउको र शरीर अलग भएको अवस्थामा मृत फेला, घटना शंकास्पद

    489 shares
    Share 196 Tweet 122
  • इटहरीमा पार्किङ गर्न खोजिएको ईभी गाडीको ठक्करबाट एक महिलाको मृत्यु

    343 shares
    Share 137 Tweet 86

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.