Thursday, September 10, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

राष्ट्रिय माध्यमिक विद्यालयमा विद्यार्थीले निर्वाचनमार्फत चुने कप्तान

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ २३, २०८२
in विविध, समाचार
0
राष्ट्रिय माध्यमिक विद्यालयमा विद्यार्थीले निर्वाचनमार्फत चुने कप्तान
94
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरी वडा नं. १ मा सञ्चालित राष्ट्रिय माध्यमिक विद्यालयमा विद्यार्थीको कप्तान र भाइस कप्तान तथा हाउस कप्तान चयन गर्न शुक्रबार मतदान भएको छ ।

मतदानमा ६४२ जना अर्थात ८० प्रतिशत मत खसेको छ ।
विद्यार्थीबिचको चुनावी प्रतिस्पर्धा प्रक्रिया कुनै आवधिक वा स्थानीय तहको निर्वाचनको झझल्को दिने किसिमको थियो ।

निर्वाचनमा १२ पदका लागि ३९ जना विद्यार्थीबिच प्रतिस्पर्धा भएको हो । विद्यार्थीहरुले चारवटा मतदान केन्द्रमार्फत मतदान गरे ।

चुनावी प्रतिस्पर्धामा विद्यालयका कप्तान छात्र तर्फको प्रतिस्पर्धामा चार जना उम्मेदवार रहेका र छात्रातर्फ दुई जना उम्मेदवार रहेको मुख्य निर्वाचन अधिकृत शिक्षक युवराज काफ्लेले बताए ।

उनका अनुसार सहायक कप्तानका लागि छात्राछात्रा तर्फ तीन–तीन जना उम्मेदवार रहेका छन् ।

यस्तै, हाउस कप्तान अन्तर्गत ग्रिन हाउसको कप्तानमा तीन र भाइस कप्तानमा दुई जनाबिच प्रतिस्पर्धा भएको छ ।

ग्रिन हाउसतर्फ १४८ मत खसेको छ । रेड हाउसतर्फ कप्तानमा आठ जना र भाइस कप्तानमा दुई जनाबिच प्रतिस्पर्धा भएको छ । रेड हाउसतर्फ १८८ मत खसेको छ ।

यस्तै, ब्लु हाउसमा कप्तानमा चार जना र भाइस कप्तानमा तीन जनाबिच प्रतिस्पर्धा भएको मुख्य निर्वाचन अधिकृत काफ्लेले जनाए । ब्लु हाउसतर्फ १७१ मत खसेको छ ।

चुनावी प्रतिस्पर्धामा यल्लो हाउसतर्फ कप्तानका लागि दुई जना र भाइस कप्तानका लागि तीन जनाबिच प्रतिस्पर्धा भएको छ । यल्लो हाउसतर्फ १३५ मत खसेको छ ।

नेपालमा हुने निर्वाचन प्रक्रिया प्रणाली सिकाउन कक्षा ६ देखि १० सम्मका विद्यार्थीबिच चुनाबको अभ्यास गराएको विद्यालयका प्रधानाध्यापक सरनकुमार बस्नेतले बताए ।

उनका अनुसार चुनावी प्रतिस्पर्धाले विद्यार्थीलाई पाठयक्रममै भएका विषयवस्तु निर्वाचन शिक्षा, नेतृत्व चयन र चुनाबी प्रक्रियाबारे प्रयोगात्मक ज्ञान भएको छ ।

चुनावी प्रतिस्पर्धाअघि उम्मेदवारी घोषणा, मनोनयन दर्ता, दावीविरोध, उम्मेदवारी फिर्ता, चुनाव प्रचारप्रसार, मौनअवधि जस्ता आधारभूत क्रियाकलाप सबै पूरा गरिएको विद्यालयका सहायक प्रधानाध्यापक यमूना बस्नेतले बताइन् ।

उम्मेदवार बनेका विद्यार्थीले मत माग्ने, आफ्ना एजेन्डा प्रस्तुत गर्ने र मौन अवधिको नियमलाई कडा रुपमा पालना गरेको अर्का सहायक प्रधानाध्यापक लक्ष्मी सुवेदीले बताए ।

चुनाव बिहान १० बजेदेखि सुरु भएर २ बजेसम्म भएको र त्यसपछि मतगणना भएर शुक्रबार साँझसम्म अन्तिम नतिजा सार्वजनिक गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कोविदजङ्ग कार्कीले बताए ।

Tags: निर्वाचनराष्ट्रिय माध्यमिक विद्यालयशिक्षा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सर्पको टोकाइबाट एक महिलाको मृत्यु
समाचार

इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

by टाकुरा न्यूज । इटहरी
भदौ २५, २०८३
0

इटहरी : इटहरी उपमहानगरपालिका–५ की ८ वर्षीया बालिका आस्वाना चौहानको सर्पदंशबाट मृत्यु भएको छ । घरभित्र खेलिरहेका बेला बुधबार साँझ...

विकास निर्माणमा हातेमालो श्रमदान
विविध

विकास निर्माणमा हातेमालो श्रमदान

by टाकुरा न्यूज । इटहरी
भदौ २५, २०८३
0

उदयपुर : त्रियुगा नगरपालिका–१० नम्बर वडा कार्यालय, बोक्सेले स्थानीयको सहभागितामा विकास निर्माण तथा सार्वजनिक स्थलको संरक्षण र सरसफाइ गर्ने उद्देश्यले...

आजको राशिफल – भाद्र २१ गते आइतबार

यस्तो छ आज तपाईँको राशिफल (भदौ २५ गते बिहीवार)

भदौ २५, २०८३
साइबर मुद्दामा पूर्व विव्यस अध्यक्ष झा पक्राउ

साइबर मुद्दामा पूर्व विव्यस अध्यक्ष झा पक्राउ

भदौ २४, २०८३
खरानी टक्टक्याएर फेरि उठ्यो धरानमा भाटभटेनी

खरानी टक्टक्याएर फेरि उठ्यो धरानमा भाटभटेनी

भदौ २४, २०८३
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ

बाह्रसय किलाे गाँजासहित ट्रक नियन्त्रणमा

भदौ २४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सर्पको टोकाइबाट एक महिलाको मृत्यु

इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

भदौ २५, २०८३
विकास निर्माणमा हातेमालो श्रमदान

विकास निर्माणमा हातेमालो श्रमदान

भदौ २५, २०८३
आजको राशिफल – भाद्र २१ गते आइतबार

यस्तो छ आज तपाईँको राशिफल (भदौ २५ गते बिहीवार)

भदौ २५, २०८३
साइबर मुद्दामा पूर्व विव्यस अध्यक्ष झा पक्राउ

साइबर मुद्दामा पूर्व विव्यस अध्यक्ष झा पक्राउ

भदौ २४, २०८३



लाेकप्रिय

  • इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

    इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    311 shares
    Share 124 Tweet 78
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    294 shares
    Share 118 Tweet 74
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    288 shares
    Share 115 Tweet 72
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    283 shares
    Share 113 Tweet 71
  • सङ्खुवासभामा गोली हानेर प्रधानाध्यापकको हत्या

    233 shares
    Share 93 Tweet 58

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.