टाकुरा न्युज
Wednesday, June 18, 2025
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
Home विविध

सुनसरीमा ८७ जनामा डेङ्गी सङ्क्रमण, देशका ७२ जिल्लामा फैलियो

रासस by रासस
प्रकाशित मिति : जेष्ठ २६, २०८२
0
तीनजनामा डेंगु पुष्टि
76
SHARES
Share on FacebookShare on Twitter

मनसुन लागेसँगै डेङ्गी सङ्क्रमण देखिन थालेको छ । जुनदेखि अगस्टसम्म (असार–भदौ) सम्मलाई डेङ्गी सङ्क्रमणको जोखिम कायम रहने समयका रूपमा लिइन्छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी)को तथ्याङ्कअनुसार जनवरी १ देखि जुन ८ सम्म एक हजार दुई सय ५५ सङ्क्रमित भेटिएका छन् भने ७२ वटा जिल्लामा डेङ्गी सङ्क्रमण पुष्टि भइसकेको छ ।

सबैभन्दा धेरै सङ्क्रमितको सङ्ख्या काठमाडौँमा देखिएको छ । काठमाडौँमा १३२, कास्कीमा ९०, सुनसरीमा ८७, चितवनमा ६१, पाल्पामा ५१, रुपन्देहीमा ४७, कञ्चनपुरमा ३७, दाङमा ३२ र भक्तपुरमा ३० वटा सङ्क्रमित भेटिएका छन् ।

ईडीसीडीका कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा गोकर्ण दाहालले डेङ्गीलाई शून्यमा नै ल्याउने र डेङ्गी गराउने लामखुट्टे सखाप नै पार्न भन्ने अवस्था सिर्जना गर्न नसकिए पनि नियन्त्रण भने गर्न सकिने बताए । उनले भने, “डेङ्गीको सङ्क्रमण र मृत्युदर घटाउन सकिन्छ । यसका लागि सबै जनाको समन्वय आवश्यक हुन्छ । नागरिक, समुदाय, सरकारी–गैरसरकारी संस्था सबैले हातेमालो गर्नुपर्छ ।”

डा. दाहालले यो वर्ष मनसुन छिट्टै सुरु भएको र मौसमविद्ले पानी धेरै पर्न सक्ने आकलन गरेकाले सङ्क्रमण बढ्न सक्ने सम्भावना रहने सक्ने बताए ।

“यो वर्ष डेङ्गी सङ्क्रमण बढ्छ वा स्थिर रहन्छ भनेर आकलन गर्न हामीसित भेक्टरको पर्याप्त तथ्याङ्क छैन । यद्यपि मनसुन केही अघि सुरु भएको र धेरै पानी पर्ने भनिएको हुनाले पानी जम्मा हुने र सञ्चित भएर बस्ने र लामखुट्टेको विकास हुने सम्भावनालाई नकार्न मिल्दैन”, उनले भने ।

डा. दाहालकाअनुसार सबैले डेङ्गी नियन्त्रणमा सबैले आआफ्नो ठाउँबाट बराबर सहभागिता जनाए तीनै तहले डेङ्गी नियन्त्रणसम्बन्धी आवश्यक कार्यक्रम डेङ्गी सङ्क्रमण र यसबाट मृत्यु हुने दर पनि कम गर्न सकिन्छ ।

डेङ्गी एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको कीटजन्य रोग हो । डेङ्गीबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ ।

यसबाट बच्न पूरा शरीर ढाक्ने कपडा लगाउने, खाल्डाखुल्डी पुर्ने, खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, खाली भाँडाकुँडा घोप्ट्याएर राख्ने, पानीको ट्याङ्की पूरै खाली गरेर सफा गरिरहने, सुत्ने बेला झुलको प्रयोग गर्नाले पानी जम्मा गरी राखिएका पानीको ट्याङ्की, ड्रम, गाग्री, बाल्टिनलाई लामखुट्टे छिर्न नपाउने गरी राम्रोसँग छोपेर राख्ने, आफ्नो घर वरपर, कार्यस्थल र सार्वजनिक स्थानमा फाएिका काम नलाग्ने भाँडाकुँडा, सिसी, बोतल, टीका बट्टा, प्लास्टिकजन्य वस्तुहरु तथा पानी जन्म नसक्ने अन्य भाँडा तथा सामग्रीलाई पानी नजम्ने गरी व्यवस्थापन गर्न विज्ञको आग्रह छ ।

Tags: #राससडेङ्गु

Related Posts

FEATURE BREAKING

हर्बल मार्केटिङको बहानामा बालश्रम र यौन शोषण, इटहरीको होटलबाट १२ बालबालिकाको उद्धार

by रासस
प्रकाशित मिति : असार ३, २०८२
0

इटहरी : मार्केटिङको नाममा काममा लगाएर बन्धक बनाइएका १२ जना बालबालिकालाई प्रहरीले इटहरीस्थित एक होटलबाट उद्धार गरेको छ। घटनामा संलग्न...

विविध

सुनसरी, मोरङ र झापाबाट भन्सार छलीका सामान बरामद

by रासस
प्रकाशित मिति : असार ३, २०८२
0

विराटनगर : सुनसरी, मोरङ र झापा जिल्लाका विभिन्न स्थानबाट भारतबाट भन्सार छली गरी नेपाल भित्र्याउँदै गरेको अवैध सामान प्रहरीले बरामद...

मोरङ जिल्ला खेलकुदमा नेतृत्व फेरबदल : पूर्वाग्रहमा हटाइएका तामाङ अदालतको आदेशपछि पुन: अध्यक्ष

मोरङ जिल्ला खेलकुदमा नेतृत्व फेरबदल : पूर्वाग्रहमा हटाइएका तामाङ अदालतको आदेशपछि पुन: अध्यक्ष

प्रकाशित मिति : असार ३, २०८२
सुनसरीकाे बर्जुमा ‘एक विद्यार्थी, एक वृक्ष’ अभियान

सुनसरीकाे बर्जुमा ‘एक विद्यार्थी, एक वृक्ष’ अभियान

प्रकाशित मिति : असार ३, २०८२
धरान उपमहानगरमा मेयर साम्पाङ र उपमेयर बेघाबीच विवाद चुलिँदै, नगर परिसरमा तनाव

धरान उपमहानगरमा मेयर साम्पाङ र उपमेयर बेघाबीच विवाद चुलिँदै, नगर परिसरमा तनाव

प्रकाशित मिति : असार ३, २०८२
एनसीडिए मोरङको ५२ औं स्थापना दिवसमा सप्ताहव्यापी कार्यक्रम आयोजना

एनसीडिए मोरङको ५२ औं स्थापना दिवसमा सप्ताहव्यापी कार्यक्रम आयोजना

प्रकाशित मिति : असार ३, २०८२

Discussion about this post

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

हर्बल मार्केटिङको बहानामा बालश्रम र यौन शोषण, इटहरीको होटलबाट १२ बालबालिकाको उद्धार

प्रकाशित मिति : असार ३, २०८२

सुनसरी, मोरङ र झापाबाट भन्सार छलीका सामान बरामद

प्रकाशित मिति : असार ३, २०८२
मोरङ जिल्ला खेलकुदमा नेतृत्व फेरबदल : पूर्वाग्रहमा हटाइएका तामाङ अदालतको आदेशपछि पुन: अध्यक्ष

मोरङ जिल्ला खेलकुदमा नेतृत्व फेरबदल : पूर्वाग्रहमा हटाइएका तामाङ अदालतको आदेशपछि पुन: अध्यक्ष

प्रकाशित मिति : असार ३, २०८२
सुनसरीकाे बर्जुमा ‘एक विद्यार्थी, एक वृक्ष’ अभियान

सुनसरीकाे बर्जुमा ‘एक विद्यार्थी, एक वृक्ष’ अभियान

प्रकाशित मिति : असार ३, २०८२



लाेकप्रिय

  • एसियन हाइवे : इटहरीमा एक सय २४ संरचना भत्किदैँ (यी हुन् भत्किने संरचना)

    एसियन हाइवे : इटहरीमा एक सय २४ संरचना भत्किदैँ (यी हुन् भत्किने संरचना)

    3893 shares
    Share 1557 Tweet 973
  • सुनसरीमा तीनजना सवार मोटरसाइकललाई ट्याक्टरले ठक्कर दिँदा दुईको मृत्यु, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

    1097 shares
    Share 439 Tweet 274
  • सङ्खुवासभामा शंकास्पद मृत्यु: आमा र ७२ दिने शिशुको एकै साथ अन्त्य

    1010 shares
    Share 404 Tweet 253
  • धरानमा ८२ किलोग्राम गाँजासहित एक युवक पक्राउ

    894 shares
    Share 358 Tweet 224
  • भोजपुरमा पत्नीको कुटपिटबाट पतिको मृत्यु

    676 shares
    Share 270 Tweet 169
Facebook Instagram Youtube RSS

कम्पनी दर्ता नं. 
२४२४५३/०७७/०७८
स्थायी लेखा नं. 
६०९८०१८८०
प्रेस काउन्सिल सूचीकृत नं. 
२६९/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं. 
२०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com

हामीसँग जाेडिनुहाेस्

टाकुरा न्यूज टिम

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
विवेक विवश रेग्मी
संवाददाता : राजन काेइराला
संवाददाता : सुमन रेग्मी

Web Designed and Tech Partner :

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana