इटहरी : अत्यधिक गर्मीका कारण इटहरी उपमहानगरपालिकाले विद्यालय बिदा सम्बन्धी एकै दिनमा अर्को सूचना जारी गरेको छ।
मंगलबार (जेठ २७) को निर्णयअनुसार बुधबार (जेठ २८ गते) विद्यालय बिदा गर्ने निर्णय गरेको थियो ।
तर, बुधबार (आज) फेरि अर्को सूचना जारी गर्दै थप दुई दिन (जेठ २९ र ३० गते) पनि ‘गर्मी बिदा’ दिइएको हो ।
इटहरी उपमहानगरपालिका कार्यालयका अनुसार पछिल्ला दिनहरूमा अत्यधिक गर्मीले विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पारेको भन्दै यस्तो निर्णय गरिएको हो।
यो निर्णयसँगै इटहरीका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरू जेठ ३० गतेसम्म बिदा हुनेछन् ।
खासगरी इटहरी उपमहानगरले मंगलबार सूचना जारी गरेर एकदिन मात्रै बिदा दिएको भन्दै आलोचना भएपछि उपमहानगरले बुधबार अर्को सूचना जारी गर्दै पुनः बिदा दिने निर्णय गरेको हो ।














Discussion about this post