इटहरी : मोरङको रंगेली निवासी कवि रमेशचन्द्र अधिकारीले आफ्नो कविता सङ्ग्रह बजारमा ल्याएका छन् ।
अधिकारीले ‘माझीहाडाम’ नामक सङ्ग्रह बजारमा ल्याएका हुन् । उक्त कृतिको बिहीबार विमोचन गरिएको छ ।
विराटनगरस्थित आरोहण गुरुकुलमा भइरहेको विराट वाङ्मय उत्सव–२०८२ को अवसरमा उनको कृति विमोचन गरियो ।
प्रसिद्ध कवि जसराज किराती, विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्की र आरोहण गुरुकुलका अध्यक्ष भैरव क्षेत्रीले संयुक्त रूपमा सङ्ग्रहको विमोचन गरे ।
रेडपाण्डा बुक्सले प्रकाशनमा ल्याएको उक्त सङ्ग्रहभित्र ३१ वटा कविता समावेश छन् । शालीन र भद्र कविको परिचय बनाएका अधिकारी एक दशकभन्दा लामो समयदेखि कविता साधनामा सक्रिय छन् ।
यो पनि – विराट वाङ्मय उत्सवमा प्रसिद्ध कवि जसराज किरातीको सम्भाषण (भिडियोसहित)
यो पनि – विराटनगरको आरोहण गुरुकुलमा विराट वाङ्मय उत्सव














Discussion about this post