विराटनगर : विराटनगर महानगरपालिका–१ ले वडाभित्रका ८० वर्ष उमेर पार गरेका ज्येष्ठ नागरिकहरूलाई टेबल पंखा वितरण गरेको छ।
गर्मीको समयमा वृद्धवृद्धाहरूलाई सहजता होस् भन्ने उद्देश्यसहित वडाले यो कार्यक्रम सञ्चालन गर्दै आएको हो।
वडाध्यक्ष काजीबहादुर बस्नेत नेतृत्वको टोलीले सोमबार घर–घरमै पुगेर ९ जना ज्येष्ठ नागरिकलाई टेबल पंखा वितरण गरेको हो।
वडाध्यक्ष बस्नेतका अनुसार यो अभियानलाई निरन्तरता दिँदै यस वर्ष ४५ जना नागरिकलाई पंखा वितरण गर्ने लक्ष्य लिइएको छ।
गत वर्ष वडा नम्बर १ ले एक सय ३६ जना ज्येष्ठ नागरिकलाई टेबल पंखा वितरण गरिसकेको छ। वडाका अनुसार हाल वडा क्षेत्रमा ८० वर्ष पूरा गरेका करिब एक सय ८२ जना ज्येष्ठ नागरिक रहेका छन्।
पंखा वितरण कार्यक्रममा वडा सदस्य लक्ष्मी राई, वडा सचिव सुमन दाहाल, विद्युत शाखाका सुमन कामत, दुर्गा पण्डित लगायतको सहभागिता रहेको थियो।



















Discussion about this post