नेपालमा गएको २४ घण्टामा सर्वाधिक धेरै १,१११ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३५ हजार ५ सय २९ पुगेको छ
अहिले देशभरि १५,२७३ जनामा सक्रिय सङ्क्रमण रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आजको प्रेस ब्रीफिङमा बताएका छन् ।
तीमध्ये ६,२१० जना घरमै र अन्य ९,०६३ जना संस्थागत आइसोलेशनमा बसेका छन्। मन्त्रालका अनुसार पछिल्लो २४ घण्टामा ८ जना संक्रमितको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमित मृत्यु हुनेको संख्या १ सय ८३ पुगेको छ ।















Discussion about this post