Monday, August 31, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

मनमोहन विश्वविद्यालयले उत्पादन गर्‍यो ‘ओखती’, बजारमा लैजान सरकारको सहयोगको प्रतीक्षा

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार १०, २०८२
in विविध, समाचार
0
मनमोहन विश्वविद्यालयले उत्पादन गर्‍यो ‘ओखती’, बजारमा लैजान सरकारको सहयोगको प्रतीक्षा
65
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : कोशी प्रदेश सरकारअन्तर्गत रहेको मनमोहन प्राविधिक विश्वविद्यालयका विद्यार्थीहरूले नेपाली जडीबुटीको अनुसन्धानमार्फत चार प्रकारका आयुर्वेदिक औषधि उत्पादन गरेका छन्।

भिक्स, बाम र सन्चो जस्ता गुणस्तरीय औषधिको उत्पादन गरी विश्वविद्यालयले त्यसको नाम ‘मनमोहन ओखती’ राखेको छ। उत्पादन भइसके पनि बजारमा लैजान विश्वविद्यालय अहिले सरकारको अनुमोदन र प्रबर्द्धनको पर्खाइमा छ।

फार्मेसी विज्ञानमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूले भारतको पतञ्जली आयुर्वेद प्रतिष्ठानका अनुसन्धानकर्ता डा। सुनील कुमार शुक्लाको सहयोगमा उत्पादन गरेका यी औषधिहरू विदेशबाट आयात हुने औषधिको प्रतिस्थापन हुने दाबी गरिएको छ।

उपकुलपति डा. सुवासश्री पोखरेलका अनुसार औषधि उत्पादनमा प्रयोग भएका कच्चा पदार्थ कोशी प्रदेशमै पाइने जडिबुटीहरू हुन्।

उनका अनुसार यसले प्रदेशमै स्रोत, ज्ञान र प्रविधिको प्रयोग गरेर आत्मनिर्भर औषधि प्रणालीको उदाहरण पेश गरेको छ।

मनमोहन विश्वविद्यालयले आयुर्वेदिक औषधिको मात्र नभई मधुमेह उपचार र ब्याक्टेरियोफेज सम्बन्धी आधुनिक औषधि उत्पादनबारे पनि अनुसन्धान अगाडि बढाएको छ। विश्वविद्यालय अन्तर्गत रहेको अनुसन्धान केन्द्रले हाल विभिन्न १० वटा अनुसन्धान परियोजना सञ्चालन गरिरहेको छ।

अनुसन्धान केन्द्रले विज्ञान, प्रविधि, ईन्जिनियरिङ, चिकित्सा, कृषि र वन वातावरणका क्षेत्रमा अनुसन्धान गरेर विद्यार्थी र युवा वैज्ञानिकहरूलाई प्रेरित गर्ने वातावरण बनाएको छ।

फार्मेसी शिक्षालाई व्यावहारिक बनाउन विश्वविद्यालयले अमेरिकी प्रविधिमा आधारित आधुनिक प्रयोगशाला निर्माण गरेको छ। यसै प्रयोगशालामा विद्यार्थीहरूले औषधि उत्पादनसम्बन्धी व्यवहारिक ज्ञान प्राप्त गरेका छन्।

रजिष्ट्रार डा. दिलनाथ फुँयालका अनुसार विश्वविद्यालयका सबै कार्यक्रमहरूमा ४० प्रतिशत सैद्धान्तिक र ६० प्रतिशत व्यवहारिक कोर्ष समावेश गरिएको छ।

२०७६ मा स्थापना भएको मनमोहन प्राविधिक विश्वविद्यालयले २०७८ देखि विभिन्न प्राविधिक तहका कार्यक्रम सञ्चालन गर्दै आएको छ। सिभिल, इलेक्ट्रिकल, फार्मेसी, अस्पताल व्यवस्थापन, कानुन र अपराधशास्त्रदेखि डिप्लोमा तहका आठ कार्यक्रमहरूसमेत सञ्चालन भइरहेका छन्।

अब विश्वविद्यालयले आगामी वर्षदेखि शिक्षण अस्पतालमार्फत चिकित्सा शिक्षाको विस्तार गर्ने तयारी समेत थालेको छ।

 

Tags: ओखतीमनमोहन प्राविधिक विश्वविद्यालय
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

पहिरोले सिद्धिचरण लोकमार्गमा सास्ती
FEATURE BREAKING

पहिरोले सिद्धिचरण लोकमार्गमा सास्ती

by टाकुरा न्यूज । इटहरी
भदौ १५, २०८३
0

ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका वडा नं ६ र ७ को सिमानामा पर्ने भँडारे खोलामा झरेको पहिरो । बर्खायाममा निरन्तर पहिरो खसेर...

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक
समाचार

आइसक्रिमको बट्टाभित्र लुकाएर ब्राउनसुगर ओसारपसार

by टाकुरा न्यूज । इटहरी
भदौ १५, २०८३
0

झापा : झापा र मोरङबाट प्रहरीले ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ। झापाको कनकाई नगरपालिका–४ स्थित इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट...

बाढीपीडितलाई जनता माविको एक लाख ४० हजार सहयोग, देशभरका सामुदायिक विद्यालयलाई अपिल

बाढीपीडितलाई जनता माविको एक लाख ४० हजार सहयोग, देशभरका सामुदायिक विद्यालयलाई अपिल

भदौ १५, २०८३
मिक्लाजुङमा झाडीभित्र लुकाइएका तीन थान भरुवा बन्दुक बरामद

मिक्लाजुङमा झाडीभित्र लुकाइएका तीन थान भरुवा बन्दुक बरामद

भदौ १५, २०८३
चीनसम्म पुग्छ भोजपुरको रुद्राक्ष, किसानको आम्दानीको बलियो आधार बन्दै

चीनसम्म पुग्छ भोजपुरको रुद्राक्ष, किसानको आम्दानीको बलियो आधार बन्दै

भदौ १५, २०८३
एकै दिनमा किन पछाडि हट्यो सुनसरी प्रशासन ? भोलिबाट औषधी पसल बाहेक अरु पसल खोल्न नपाईने

सुनसरी प्रशासनद्वारा राहतका नाममा जथाभावी रकम नउठाउन आग्रह

भदौ १४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

पहिरोले सिद्धिचरण लोकमार्गमा सास्ती

पहिरोले सिद्धिचरण लोकमार्गमा सास्ती

भदौ १५, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

आइसक्रिमको बट्टाभित्र लुकाएर ब्राउनसुगर ओसारपसार

भदौ १५, २०८३
बाढीपीडितलाई जनता माविको एक लाख ४० हजार सहयोग, देशभरका सामुदायिक विद्यालयलाई अपिल

बाढीपीडितलाई जनता माविको एक लाख ४० हजार सहयोग, देशभरका सामुदायिक विद्यालयलाई अपिल

भदौ १५, २०८३
मिक्लाजुङमा झाडीभित्र लुकाइएका तीन थान भरुवा बन्दुक बरामद

मिक्लाजुङमा झाडीभित्र लुकाइएका तीन थान भरुवा बन्दुक बरामद

भदौ १५, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    447 shares
    Share 179 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    307 shares
    Share 123 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    291 shares
    Share 116 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    281 shares
    Share 112 Tweet 70
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.