Wednesday, October 28, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

मनमोहन विश्वविद्यालयले उत्पादन गर्‍यो ‘ओखती’, बजारमा लैजान सरकारको सहयोगको प्रतीक्षा

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार १०, २०८२
in विविध, समाचार
0
मनमोहन विश्वविद्यालयले उत्पादन गर्‍यो ‘ओखती’, बजारमा लैजान सरकारको सहयोगको प्रतीक्षा
65
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : कोशी प्रदेश सरकारअन्तर्गत रहेको मनमोहन प्राविधिक विश्वविद्यालयका विद्यार्थीहरूले नेपाली जडीबुटीको अनुसन्धानमार्फत चार प्रकारका आयुर्वेदिक औषधि उत्पादन गरेका छन्।

भिक्स, बाम र सन्चो जस्ता गुणस्तरीय औषधिको उत्पादन गरी विश्वविद्यालयले त्यसको नाम ‘मनमोहन ओखती’ राखेको छ। उत्पादन भइसके पनि बजारमा लैजान विश्वविद्यालय अहिले सरकारको अनुमोदन र प्रबर्द्धनको पर्खाइमा छ।

फार्मेसी विज्ञानमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूले भारतको पतञ्जली आयुर्वेद प्रतिष्ठानका अनुसन्धानकर्ता डा। सुनील कुमार शुक्लाको सहयोगमा उत्पादन गरेका यी औषधिहरू विदेशबाट आयात हुने औषधिको प्रतिस्थापन हुने दाबी गरिएको छ।

उपकुलपति डा. सुवासश्री पोखरेलका अनुसार औषधि उत्पादनमा प्रयोग भएका कच्चा पदार्थ कोशी प्रदेशमै पाइने जडिबुटीहरू हुन्।

उनका अनुसार यसले प्रदेशमै स्रोत, ज्ञान र प्रविधिको प्रयोग गरेर आत्मनिर्भर औषधि प्रणालीको उदाहरण पेश गरेको छ।

मनमोहन विश्वविद्यालयले आयुर्वेदिक औषधिको मात्र नभई मधुमेह उपचार र ब्याक्टेरियोफेज सम्बन्धी आधुनिक औषधि उत्पादनबारे पनि अनुसन्धान अगाडि बढाएको छ। विश्वविद्यालय अन्तर्गत रहेको अनुसन्धान केन्द्रले हाल विभिन्न १० वटा अनुसन्धान परियोजना सञ्चालन गरिरहेको छ।

अनुसन्धान केन्द्रले विज्ञान, प्रविधि, ईन्जिनियरिङ, चिकित्सा, कृषि र वन वातावरणका क्षेत्रमा अनुसन्धान गरेर विद्यार्थी र युवा वैज्ञानिकहरूलाई प्रेरित गर्ने वातावरण बनाएको छ।

फार्मेसी शिक्षालाई व्यावहारिक बनाउन विश्वविद्यालयले अमेरिकी प्रविधिमा आधारित आधुनिक प्रयोगशाला निर्माण गरेको छ। यसै प्रयोगशालामा विद्यार्थीहरूले औषधि उत्पादनसम्बन्धी व्यवहारिक ज्ञान प्राप्त गरेका छन्।

रजिष्ट्रार डा. दिलनाथ फुँयालका अनुसार विश्वविद्यालयका सबै कार्यक्रमहरूमा ४० प्रतिशत सैद्धान्तिक र ६० प्रतिशत व्यवहारिक कोर्ष समावेश गरिएको छ।

२०७६ मा स्थापना भएको मनमोहन प्राविधिक विश्वविद्यालयले २०७८ देखि विभिन्न प्राविधिक तहका कार्यक्रम सञ्चालन गर्दै आएको छ। सिभिल, इलेक्ट्रिकल, फार्मेसी, अस्पताल व्यवस्थापन, कानुन र अपराधशास्त्रदेखि डिप्लोमा तहका आठ कार्यक्रमहरूसमेत सञ्चालन भइरहेका छन्।

अब विश्वविद्यालयले आगामी वर्षदेखि शिक्षण अस्पतालमार्फत चिकित्सा शिक्षाको विस्तार गर्ने तयारी समेत थालेको छ।

 

Tags: ओखतीमनमोहन प्राविधिक विश्वविद्यालय
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा
समाचार

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

by टाकुरा न्यूज । इटहरी
कार्तिक १०, २०८३
0

विराटनगर : कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईँले पदबाट राजीनामा दिएका छन्। गुरागाईँले कात्तिक १० गते प्रदेश प्रमुख परशुराम खापुङसमक्ष...

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो
खेलकुद

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

by टाकुरा न्यूज । इटहरी
कार्तिक १०, २०८३
0

विराटनगर : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार भएको खेलमा विराटनगर किङ्ग्स चितवन राइनोजसँग ८ रनले पराजित भएको छ। चितवनले दिएको...

सप्तकोसीमा चल्न थाल्यो ‘जेटबोट’ 

सप्तकोशीमा जलयात्रा : यात्रु सुरक्षाको जिम्मा कसले लिन्छ ?

कार्तिक १०, २०८३
मौसम खुलेपछिको खाँदबारी बजार

मौसम खुलेपछिको खाँदबारी बजार

कार्तिक १०, २०८३
पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

कार्तिक १०, २०८३

झापामा तीन लाखभन्दा बढीका पटका बरामद

कार्तिक १०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

कार्तिक १०, २०८३
विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

कार्तिक १०, २०८३
सप्तकोसीमा चल्न थाल्यो ‘जेटबोट’ 

सप्तकोशीमा जलयात्रा : यात्रु सुरक्षाको जिम्मा कसले लिन्छ ?

कार्तिक १०, २०८३
मौसम खुलेपछिको खाँदबारी बजार

मौसम खुलेपछिको खाँदबारी बजार

कार्तिक १०, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    841 shares
    Share 336 Tweet 210
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    643 shares
    Share 257 Tweet 161
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    512 shares
    Share 205 Tweet 128
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    291 shares
    Share 116 Tweet 73
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    285 shares
    Share 114 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.