इटहरी २० तरहराका सन्देश श्रेष्ठ हराएका छन् ।
गत श्रावण १४ गते घरबाटै उनी हराएको पारिवारिक श्रोतले जनाएको छ ।
घरमा थाहै नदिई कहाँ गएको भन्ने नखुलेको र परिवारको सम्पर्कमा समेत नआएकाले खोजी गरिदिन परिवारले अपिल गरेका हुन् ।
रातो टि–सर्ट र जिन्सको पाइन्ट लगाएका उनी तरहराको सुन्दर टोल नजिकैबाट हराएको परिवारले जनाएको छ ।
नयाँ प्रहरी चौकी छेउ सुन्दर टोलबाट घरमा थाहै नदिई कता गएको भन्ने नखुलेकाले कसैले देखेको वा भेटेको भए नजिकैको प्रहरी कार्यालयमा खबर गरिदिन समेत अपिल गरिएको छ ।
२५ बर्षका सन्दे केही समययता तरहरामा बस्दै आएका थिए ।
उनी हराएसँगै प्रहरीमा पनि खबर गरिएको भएपनि खोजी गर्दा नभेटिएपछि खोजी गर्न अपिल गरिएको हो ।












Discussion about this post