इटहरी : लायन्स वर्ष २०२५ का लागि लायन्स क्लब अफ तरहरा-इटहरीको अध्यक्षमा पवन अधिकारी सर्वसम्मत रूपमा चयन भएका छन्।
‘डिस्ट्रिक्ट ३२५ सि’ अन्तर्गतको उक्त क्लबको प्रथम उपाध्यक्षमा भक्त पुरी, दोस्रो उपाध्यक्षमा दीपक भारती, सचिवमा थरेन्द्र अधिकारी र कोषाध्यक्षमा रूपनारायण चौधरी चयन भएका हुन्।
नवनिर्वाचित पदाधिकारीहरूलाई तरहरामा आयोजित एक कार्यक्रममार्फत जिम्मेवारी हस्तान्तरण गरिएको हो।
कार्यक्रममा क्लबकी वर्तमान अध्यक्ष शारदा खड्का, लायन्स ग्याट एरिया ४ का कोअर्डिनेटर दुर्गा पौडेल, जोन चेयरपर्सन मुक्तिनाथ घिमिरे तथा पूर्व अध्यक्ष शिव रुम्दालीले संयुक्त रूपमा नयाँ नेतृत्वलाई पद हस्तान्तरण गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित अध्यक्ष अधिकारीले क्लबको सशक्त नेतृत्व गर्दै सामाजिक सेवाका कार्यलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे।














Discussion about this post