Thursday, September 10, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

राष्ट्रिय माविमा ‘शिक्षाको संसारबाट कामको संसार’… (तस्बिरहरूसहित)

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार १५, २०८२
in समाचार
0
राष्ट्रिय माविमा ‘शिक्षाको संसारबाट कामको संसार’… (तस्बिरहरूसहित)
143
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरी वडा नं. १ स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा ‘फुड फेयर एण्ड प्रोजेक्ट वर्क प्रदर्शनी’ आयोजना गरिएको छ। प्रदर्शनीमा सहभागी विद्यार्थीहरूले परम्परागत संस्कृति, शिक्षा र उद्यमशीलतालाई जोड्ने प्रयास गरेका छन्।

विद्यालयमा आयोजित प्रदर्शनीमा कक्षा ५ देखि डिप्लोमासम्मका विद्यार्थीहरूले स्टल राखेका थिए। १२ का विज्ञान, व्यवस्थापन, शिक्षा, होटल म्यानेजमेन्ट तथा तीन वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङका विद्यार्थीहरूले विभिन्न स्टलमार्फत आफूले कक्षामा सिकेको ज्ञान व्यवहारिक रूपमा प्रस्तुत गरे।

साथै, कक्षा १० मा अध्ययनरत ‘शिक्षाको संसारबाट कामको संसार’ परियोजनामा छनोट भएका तीन समूहले समेत आफ्ना प्रस्तुति दिएका थिए।

प्रदर्शनीमा मौलिक नेपाली परिकारहरूमध्ये दही चिउरा, सेलरोटी, आलु दमजस्ता खानाका परिकार पनि समावेश थिए।

ती परिकार विद्यार्थीहरूले आफैँ तयार गरेका थिए। कक्षा १२ मा अध्ययनरत अस्मी राईले भनिन्, ‘अधिकांश नेपाली मौलिक खाना लोप हुँदै गएको अवस्थामा त्यसलाई पुनः प्रयोग र प्रचार गर्नु आजको आवश्यकता हो।’

फुड फेयरको एउटा स्टलमा दही चिउरा लिएर उभिएकी कक्षा १२ मा अध्ययनरत विनिसा खनालले अभिभावक तथा तल्लो कक्षाका विद्यार्थीलाई परम्परागत भोजनको महत्व सुनाइन्।

प्रदर्शनीमा परम्परागत खानाका परिकार पनि राखिएको थियो । ती खानेकुमार विद्यार्थी आफैले बनाएका हुन् ।

‘खानेकुरा वास्तवमा हाम्रो जीवन पद्धति सुहाउँदो हुनुपर्छ,’ कक्षा १२ मा अध्ययनरत सेलरोटी बनाउँदै गरेको अवस्थामा भेटिएकी अस्मी राईले भनिन, ‘अधिकांश नेपाली मौलिक खाना लोप हुँदै गएको अवस्थामा त्यसलाई पुनः प्रयोगमा ल्याउनु र प्रचारप्रसार गराउनु आजको आवश्यता छ ।’

विद्यालयका प्रधानाध्यापक सरनकुमार बस्नेतका अनुसार प्रदर्शनीको उद्देश्य विद्यार्थीमा व्यवहारिक सीप विकास गर्नु हो। ‘कक्षामा सैद्धान्तिक ज्ञान लिने विद्यार्थीलाई त्यसलाई व्यवहारमा प्रयोग गर्न सिकाउनु अहिलेको शिक्षा प्रणालीको मूल मर्म हो,’ उनले भने।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कोविदजंग कार्कीले यस प्रदर्शनीलाई आगामी वर्षहरूमा निरन्तरता दिने योजना रहेको बताए।

उनका अनुसार विद्यार्थीलाई समयमै सूचना दिएर आफैँ योजनाबद्ध रूपमा काम गर्न लगाइनुले उनीहरूमा आत्मनिर्भरता र नेतृत्व क्षमताको विकासमा समेत मद्दत पुग्छ।

‘ज्ञान भनेको किताबमा मात्रै सीमित हुनुहुँदैन भन्न बोध भएका कारण यस्ता कार्यक्रम आयोजना गरिएको हो,’ कार्कीले भने, ‘विद्यार्थीका प्रतिभा प्रष्फुटन गर्नका निम्तिसमेत यो कार्यक्रम आयोजना गरिएको हो । विद्यार्थी किताबी ज्ञानबाहेक अन्य विधामासमेत दक्ष छन् भन्नका निम्ति यो कार्यक्रमले सन्देश दिन्छ ।’

प्रदर्शनीमा जम्मा १५ वटा स्टल राखिएका थिए। तीमध्ये तीन वटा स्टल इन्स्योररहेल्भेटास परियोजनाको ‘शिक्षाको संसारमा स्थानान्तरणका लागि उद्यमशीलता सीप विकास कार्यक्रम’ अन्तर्गत छनोट भएका विद्यार्थीको प्रस्तुति थियो।

शैक्षिक प्रदर्शनी अवलोकन गर्न विद्यार्थी, अभिभावक, स्थानीय बासिन्दा तथा आसपासका शैक्षिक संस्थाका विद्यार्थीको उल्लेख्य उपस्थिति रहेको थियो।

परम्परा, सीप र शिक्षाबीचको समन्वयमार्फत विद्यार्थीलाई जीवनोपयोगी शिक्षातर्फ उन्मुख गराउने प्रयास विद्यालयको यो प्रयासले देखाएको छ।

प्रदर्शनी अवलोकनका लागि राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी, अभिभावक, स्थानीय सरोकारवालासहित आसपासका शैक्षिक संस्थाका विद्यार्थी एवम् अभिभावकहरू सहभागी भएका थिए ।

उक्त विद्यालयमा एक हजार पाँच सय ९४ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।

Tags: राष्ट्रिय माध्यमिक विद्यालयराष्ट्रिय मावि
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सर्पको टोकाइबाट एक महिलाको मृत्यु
समाचार

इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

by टाकुरा न्यूज । इटहरी
भदौ २५, २०८३
0

इटहरी : इटहरी उपमहानगरपालिका–५ की ८ वर्षीया बालिका आस्वाना चौहानको सर्पदंशबाट मृत्यु भएको छ । घरभित्र खेलिरहेका बेला बुधबार साँझ...

विकास निर्माणमा हातेमालो श्रमदान
विविध

विकास निर्माणमा हातेमालो श्रमदान

by टाकुरा न्यूज । इटहरी
भदौ २५, २०८३
0

उदयपुर : त्रियुगा नगरपालिका–१० नम्बर वडा कार्यालय, बोक्सेले स्थानीयको सहभागितामा विकास निर्माण तथा सार्वजनिक स्थलको संरक्षण र सरसफाइ गर्ने उद्देश्यले...

आजको राशिफल – भाद्र २१ गते आइतबार

यस्तो छ आज तपाईँको राशिफल (भदौ २५ गते बिहीवार)

भदौ २५, २०८३
साइबर मुद्दामा पूर्व विव्यस अध्यक्ष झा पक्राउ

साइबर मुद्दामा पूर्व विव्यस अध्यक्ष झा पक्राउ

भदौ २४, २०८३
खरानी टक्टक्याएर फेरि उठ्यो धरानमा भाटभटेनी

खरानी टक्टक्याएर फेरि उठ्यो धरानमा भाटभटेनी

भदौ २४, २०८३
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ

बाह्रसय किलाे गाँजासहित ट्रक नियन्त्रणमा

भदौ २४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सर्पको टोकाइबाट एक महिलाको मृत्यु

इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

भदौ २५, २०८३
विकास निर्माणमा हातेमालो श्रमदान

विकास निर्माणमा हातेमालो श्रमदान

भदौ २५, २०८३
आजको राशिफल – भाद्र २१ गते आइतबार

यस्तो छ आज तपाईँको राशिफल (भदौ २५ गते बिहीवार)

भदौ २५, २०८३
साइबर मुद्दामा पूर्व विव्यस अध्यक्ष झा पक्राउ

साइबर मुद्दामा पूर्व विव्यस अध्यक्ष झा पक्राउ

भदौ २४, २०८३



लाेकप्रिय

  • इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

    इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    311 shares
    Share 124 Tweet 78
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    294 shares
    Share 118 Tweet 74
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    288 shares
    Share 115 Tweet 72
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    283 shares
    Share 113 Tweet 71
  • सङ्खुवासभामा गोली हानेर प्रधानाध्यापकको हत्या

    233 shares
    Share 93 Tweet 58

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.