धनकुटामा भइरहेको निषेधाज्ञा आगामी भाद्र १७ गते सम्म जारि राखिएको छ ।
जिल्ला स्तरीय कोभिड–१९ जोखिम व्यवस्थापन समिति डिसीसी एमसी धनकुटाको बिहीबार बसेको बैठकले सो निणय गरेको समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी केशवप्रसाद विमलीले बताएका छन् ।
प्रमुख जिल्ला अधिकारीका अनुसार जिल्लामा कोरोना संक्रमितको सम्पर्कमा आएकाको पहिचान गरि परिक्षण गर्ने काम भइरहेकाले समुदाय स्तरमा नफैलिओस् भनेर निषेधाज्ञा गर्नु परेको जानकारी दिएका छन् ।
उनले भने छिमेकी जिल्लाहरुमा सङ्क्रमण तिव्र वृद्धि भइ समुदायस्तरमा फैलिरहेकोले पनि निषेधाज्ञा लम्ब्याउनु परेको बताएका छन् ।
जिल्लामा निषेधाज्ञा थप गरिएको भएपनि बिहान ९ बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म सबै प्रकारका पसल स्वास्थ्य सुरक्षा सावधानी अपनाएर खोल्न पाइने निर्णय जिल्ला स्तरीय कोभिड–१९ जोखिम व्यवस्थापन समितिले गरेको छ ।
यसअघि भने सो समयमा खाद्यान्न र तरकारीका पसल मात्रै खोल्न पाइने गरेको थियो ।















Discussion about this post