Friday, June 5, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

‘झगडा नगरौं’ भन्ने आदित्य र रोमनको अन्ततः कुटपिटमै ज्यान गयो

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार १९, २०८२
in समाचार
0
‘झगडा नगरौं’ भन्ने आदित्य र रोमनको अन्ततः कुटपिटमै ज्यान गयो

सांकेतिक तस्बिर ।

108
SHARES
Share on FacebookShare on Twitter

झापा : झापाको शिवसताक्षी नगरपालिका ९ मा १९ वर्षीय रोमन थापा र १५ वर्षीय आदित्य तामाङको साथीको कुटपिटबाट मृत्यु भएको छ। ट्युसनबाट फर्कंदै गरेका बेला आफ्नै साथीसँगको झगडाले उनीहरूको ज्यान गएको हो।

बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा उपचारका क्रममा आदित्यको बुधबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त प्रवक्ता तथा इन्स्पेक्टर प्रवीण श्रेष्ठले जानकारी दिए।

यसअघि आइतबार आदित्यकै मिल्ने साथी रोमन थापाको बिर्तासीटी अस्पतालमा मृत्यु भएको हो।

प्रहरीका अनुसार केही दिनअघि ट्युसन पढेर फर्कंदै गरेका आदित्य र रोमनमाथि ध्रुवतारा अंग्रेजी माध्यमिक विद्यालयका केही विद्यार्थीले कुटपिट गरेका थिए।

प्रत्यक्षदर्शीहरूका अनुसार सुरुमा सामान्य विवाद जस्तो देखिए पनि केही बेरमै ती विद्यार्थीहरूले फेरि बोलाएर उनीहरूलाई आक्रमण गरेका थिए।

कुटपिटपछि आदित्यले घरमा केही जानकारी गराएनन्। उनी भोलिपल्ट ट्युसन जान छोडे पनि विद्यालय भने गएका थिए।

विद्यालयमा उनले अनुहार सुन्निएको र ढाड दुखेको बताएपछि परिवारले उनलाई शुक्रबार अस्पताल लगिएको थियो। पाँच दिनसम्म उपचार गर्दा पनि स्वास्थ्यमा सुधार नआएपछि उनको पनि मृत्यु भएको हो।

दुवै किशोर एउटै ट्युसन सेन्टरमा पढ्थे र नजिकका साथी थिए। कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले ६ जना किशोरलाई नियन्त्रणमा लिएको छ। प्रारम्भिक बयानमा ती सबैले घटनामा संलग्नता स्वीकार गरेको प्रहरीले जनाएको छ। उनीहरू सबै विद्यालय पढ्ने उमेरका हुन्।

घटनामा संलग्न अन्य व्यक्ति पनि हुनसक्ने आशंका गरिएको छ। अनुसन्धानका क्रममा अधिकांश संलग्न विद्यार्थीहरू ध्रुवतारा अंग्रेजी माध्यमिक विद्यालयकै भएको खुलेको छ।

केही साथीहरूले दोषीमाथि प्रतिशोध लिनुपर्ने भन्दै आक्रोश व्यक्त गरे पनि मृतक आदित्यले उल्टै ‘छोडिदेऊ, झगडा नगरौं’ भनेर साथीसँग आग्रह गरेका थिए।

दुवै मृतकका परिवारले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कडा कानुनी कारबाहीको माग गरेका छन्।

स्थानीयवासीले विद्यालयको भूमिका र बढ्दो किशोर ग्याङ हिंसाप्रति चिन्ता व्यक्त गरेका छन्।

प्रहरीका अनुसार घटनामा संलग्नहरू नाबालक भएकाले उनीहरूलाई बालअपराधसम्बन्धी ऐनअनुसार कानुनी प्रक्रिया अघि बढाइनेछ।

Tags: #कुटपिट#झापाअपराधमृत्यु
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

रोग, किरा र निर्यात अवरोधको मारमा नेपाली चिया उद्योग
FEATURE BREAKING

रोग, किरा र निर्यात अवरोधको मारमा नेपाली चिया उद्योग

by रासस
जेष्ठ २१, २०८३
0

झापा : प्रमुख नगदेबाली तथा निर्यातमुखी कृषि उत्पादन चियामा ‘लुपर’ नामक पात खाने किराको प्रकोप देखिएपछि चिया क्षेत्र पुनःसङ्कटमा परेको...

विविध

हिंसामा परेकालाई आश्रय र मनोपरामर्श दिन मेचीनगरमा ‘सेफ स्पेस’ स्थापना

by रासस
जेष्ठ २१, २०८३
0

झापा : विश्व बैंकको अनुदानमा मेचीनगर नगरपालिकाले लैङ्गिक हिंसाबाट प्रभावित हुनेलाई सेवा प्रदान गर्नका लागि दुई वटा वडामा ‘सुरक्षित कक्ष...

कोसी प्रदेशमा १० रुपैयाँले घट्यो दूधको मूल्य

गाईपालनले फेरियो गाउँको जीवन, दूध, घिउ र छुर्पीसम्म उत्पादन

जेष्ठ २१, २०८३
एउटै फार्मबाट तीन करोडको केरा बिक्री

झापामा हावाहुरीले केराखेतीमा क्षति

जेष्ठ २१, २०८३
मोरङको बेतना सिमसारमा अति सङ्कटापन्न ‘ब्लाक सफ्टसेल’ कछुवा फेला

प्लास्टिक फोहर र मानवीय गतिविधिले संकटमा ‘ब्लाक सफ्टसेल’ कछुवा

जेष्ठ २१, २०८३
जनता स्कुलमा गञ्जागोल : प्रअ र लेखा प्रमुखको राजीनामा, इटहरी उपमहानगरको शैक्षिक नेतृत्वमाथि प्रश्न

जनता स्कुलमा गञ्जागोल : प्रअ र लेखा प्रमुखको राजीनामा, इटहरी उपमहानगरको शैक्षिक नेतृत्वमाथि प्रश्न

जेष्ठ २१, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

रोग, किरा र निर्यात अवरोधको मारमा नेपाली चिया उद्योग

रोग, किरा र निर्यात अवरोधको मारमा नेपाली चिया उद्योग

जेष्ठ २१, २०८३

हिंसामा परेकालाई आश्रय र मनोपरामर्श दिन मेचीनगरमा ‘सेफ स्पेस’ स्थापना

जेष्ठ २१, २०८३
कोसी प्रदेशमा १० रुपैयाँले घट्यो दूधको मूल्य

गाईपालनले फेरियो गाउँको जीवन, दूध, घिउ र छुर्पीसम्म उत्पादन

जेष्ठ २१, २०८३
एउटै फार्मबाट तीन करोडको केरा बिक्री

झापामा हावाहुरीले केराखेतीमा क्षति

जेष्ठ २१, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1501 shares
    Share 600 Tweet 375
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1426 shares
    Share 570 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    902 shares
    Share 361 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    611 shares
    Share 244 Tweet 153
  • इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

    516 shares
    Share 206 Tweet 129

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.