Thursday, October 15, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

मोरङमा ‘प्रहरी हुँ’ भन्दै शरीर बन्धक र लुटपाट, वाईसीएल विराटनगरका पूर्व सदस्य पक्राउ

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार १९, २०८२
in टाकुरा विशेष, समाचार
0
मोरङमा ‘प्रहरी हुँ’ भन्दै शरीर बन्धक र लुटपाट, वाईसीएल विराटनगरका पूर्व सदस्य पक्राउ
121
SHARES
Share on FacebookShare on Twitter

मोरङ : ‘प्रहरी हुँ’ भनी सर्वसाधारणलाई नियन्त्रणमा लिई लुटपाट गर्ने गिरोहमाथि मोरङ प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानीको संयुक्त अनुसन्धानबाट घटनामा संलग्न समूहको पहिचान गरी पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा विराटनगर–११ का २५ वर्षीय कुशल पाण्डे रहेका छन्। उनलाई बिहीबार विराटनगरबाट नियन्त्रणमा लिइएको हो।

प्रहरीले उनको साथबाट लुटिएको १ लाख ५० हजार रुपैयाँ, कालो ट्रयाकसुट र ट्राउजर बरामद गरेको जनाएको छ। पाण्डे माओवादी केन्द्रको भातृ संगठन वाईसीएल विराटनगरका पूर्व सदस्य हुन्। उनले राजनीतिक आवरण र संरक्षणमा विभिन्न अपराध गरेको खुलेको छ ।

यसअघि असार १५ गते विराटनगर–८ का २४ वर्षीय समीर हुसेन र विराटनगर–६ का २७ वर्षीय आशिफ अन्सारी लाई पक्राउ गरिएको थियो। उनीहरूलाई लुटपाटमा प्रयोग भएको को १४ प ३३३० नम्बरको रातो स्कुटरसहित पक्राउ गरिएको थियो।

प्रहरीका अनुसार घटना असार ११ गते बिहान ११ः१५ बजे विराटनगर–१५ का २० वर्षीय विक्रम कुमार साह तेली सवार सिटी सफारीमा भएको हो।

उनी बैंकमा जम्मा गर्न लैजाँदै गरेको ३ लाख ६४ हजार रुपैयाँ लिएर रानीस्थित राइस मिल नजिकै पुगेका बेला तीन जना अपरिचित व्यक्तिहरूले स्कुटर रोकेर आफूहरू जिल्ला प्रहरी कार्यालय मोरङबाट आएको अनुसन्धान टोली हौं भनी झूटो परिचय दिएर साहलाई नियन्त्रणमा लिएका थिए।

उनीहरू पीडितलाई जबरजस्ती स्कुटरको बीचमा राखी विराटनगर–१४ को एकान्त स्थानमा लगेर शरीर बन्धक बनाई नगद लुटपाट गरी फरार भएका थिए।

मोरङ प्रहरीका प्रहरी नायब उपरीक्षक हस्तबहादुर सुनारका अनुसार घटनामा संलग्न तीनै जनालाई शरीर बन्धक बनाई डकैती गरेको कसुर अन्तर्गत मोरङ जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाइएको छ।

पछिल्लोपटक पक्राउ परेका पाण्डे यसअघि पनि ज्यान मार्ने उद्योग र अभद्र व्यवहार मुद्दामा संलग्न रहेको प्रहरी अभिलेखले देखाएको छ।

पाण्डेविरुद्ध ज्यान मार्ने उद्योग र एउटा अभद्र व्यवहारको मुद्दा चलिसकेको अभिलेख रहेसँगै यो घटनामा सुक्ष्म अनुसन्धान अगाडि बढाइएको सुनारले जानकारी दिए।

Tags: #पक्राउ#मोरङअपराधटाकुरा विशेषलुटपाट
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सातै प्रदेशबीच विकास साझेदारीलाई संस्थागत गर्ने कोशी घोषणा–२०८३
FEATURE BREAKING

सातै प्रदेशबीच विकास साझेदारीलाई संस्थागत गर्ने कोशी घोषणा–२०८३

by टाकुरा न्यूज । इटहरी
अशोज २८, २०८३
0

विराटनगर : सातै प्रदेशबीच विकास साझेदारी, साझा पूर्वाधार निर्माण र पारस्परिक लाभमा आधारित सहकार्यलाई संस्थागत गर्ने प्रतिबद्धतासहित ‘कोशी घोषणा–२०८३’ जारी गरिएको...

खुला केन्द्रीय सदस्यमा राजीव कोइराला आठौँ स्थानमा, युवातर्फ पछ्याउँदै दोर्ची शेर्पा
समाचार

खुला केन्द्रीय सदस्यमा राजीव कोइराला आठौँ स्थानमा, युवातर्फ पछ्याउँदै दोर्ची शेर्पा

by टाकुरा न्यूज । इटहरी
अशोज २८, २०८३
0

काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदको मतगणनामा चार हजार मत गन्दा राजीव कोइरालाले २ हजार ३१२ मत प्राप्त गरेका...

विदेशमा ज्यान गुमाएका २९ परिवारलाई पालिकाको दसैँ खर्च

विदेशमा ज्यान गुमाएका २९ परिवारलाई पालिकाको दसैँ खर्च

अशोज २८, २०८३
भूमा अधिकारीको ‘तिमी बोल्दा’ गीतको म्युजिक भिडियो सार्वजनिक

भूमा अधिकारीको ‘तिमी बोल्दा’ गीतको म्युजिक भिडियो सार्वजनिक

अशोज २८, २०८३
सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर एक पुरुषको मृत्यु

भोजपुरमा भरुवा बन्दुक बरामद

अशोज २८, २०८३
परम्परागत रूपमा माटोले घर पोत्ने चलन हराउँदै

परम्परागत रूपमा माटोले घर पोत्ने चलन हराउँदै

अशोज २८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सातै प्रदेशबीच विकास साझेदारीलाई संस्थागत गर्ने कोशी घोषणा–२०८३

सातै प्रदेशबीच विकास साझेदारीलाई संस्थागत गर्ने कोशी घोषणा–२०८३

अशोज २८, २०८३
खुला केन्द्रीय सदस्यमा राजीव कोइराला आठौँ स्थानमा, युवातर्फ पछ्याउँदै दोर्ची शेर्पा

खुला केन्द्रीय सदस्यमा राजीव कोइराला आठौँ स्थानमा, युवातर्फ पछ्याउँदै दोर्ची शेर्पा

अशोज २८, २०८३
विदेशमा ज्यान गुमाएका २९ परिवारलाई पालिकाको दसैँ खर्च

विदेशमा ज्यान गुमाएका २९ परिवारलाई पालिकाको दसैँ खर्च

अशोज २८, २०८३
भूमा अधिकारीको ‘तिमी बोल्दा’ गीतको म्युजिक भिडियो सार्वजनिक

भूमा अधिकारीको ‘तिमी बोल्दा’ गीतको म्युजिक भिडियो सार्वजनिक

अशोज २८, २०८३

लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    634 shares
    Share 254 Tweet 159
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    312 shares
    Share 125 Tweet 78
  • इटहरीमा ब्राउनसुगर र नगदसहित युवक पक्राउ

    289 shares
    Share 116 Tweet 72
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    286 shares
    Share 114 Tweet 72

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.