मोरङको बेलबारीमा दुई समूहबीच ‘ग्याङ फाइट’ हुदा एक जनाको ज्यान गएको छ । ज्यान जानेमा बेलबारी नगरपालिका–५ कसेनीका बस्ने वर्ष ४० का चन्द्रकुमार राई रहेको प्रहरीले जनाएको छ ।
शुक्रबार दिउँसो कसेनीस्थित लोहन्द्र पुलमा ‘ग्याङ फाइट’ भएको थियो । ग्याङ फाइटमा परि घाइते भएका राईलाइ उपचारको क्रममा विराट शिक्षण अस्पतालमा मृत्यु भएको मोरङका प्रहरी प्रवक्ता डीएसपी मानबहादुर राईले बताएका छन् । ।
यो घटनामा अन्य चार जना गम्भीर घाइते भएका छन् ।घाइते हुनेमा सईकुमार राई, समुन्द्र राई, जितेन चौधरी र गौरव राई रहेका छन्। उनीहरुको विराट शिक्षण अस्पतालमा उपचार भइरहेको डीएसपी राईले बताएका छन् ।
सामान्य विवादका हुदा चौधरी समूहका दिनेश श्रेष्ठ र सन्तोष मगरले सुरुमा बन्चरो र खुकुरीलगायत हतियारले राई समूहमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ । उनिहरु राई समूह र चौधरी समूह एकआपसका छिमेकी हुन् । अघिल्लो दिन मादक पदार्थ सेवन गरेका दुई पक्षबीच बेलुकैदेखि सामान्य भनाभन भइ झगडा भएको थियो ।
अघिल्लो दिनको रिसईबीका कारण दुई पक्ष बीच समूहमा ‘ग्याङ फाइट हुदा चन्द्रकुमार राईले ज्यान गुमाएको प्रहरीको भनाइ छ । झगडा के कारणले भएको भने खुल्न बाँकी रहेको डीएसपी राईले बताएका छन् ।
घटनामा संलग्न अन्य तीनजना फरार रहेको र खोजीकार्य तिव्र भइरहेको प्रहरीले जनाएको छ ।















Discussion about this post