Saturday, May 16, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

झापामा लम्पी स्किनबाट १० हजार चौपाया सङ्क्रमित

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार २६, २०८२
in समाचार
0
झापामा लम्पी स्किनबाट १० हजार चौपाया सङ्क्रमित
64
SHARES
Share on FacebookShare on Twitter

झापा : लम्पी स्किन रोगको सङ्क्रमणबाट एक वर्षभित्र यहाँ १० हजारभन्दा बढी गाईगोरू सङ्क्रमित भएका छन् । केही महिनायता संक्रमित एक सय ४२ वटा गाईगोरू मरिसकेका छन् ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाकी प्रमुख शितल भट्टराईका अनुसार रोग नियन्त्रणका लागि जिल्लाका १५ वटै पालिकामा खोप सञ्चालन भइरहेको छ ।

हालसम्म रोग नियन्त्रणका लागि जिल्लामा ५८ हजार गाईगोरुलाई खोप लगाइएको छ ।

जिल्लामा सबैभन्दा बढी यो रोगको सङ्क्रमण मेचीनगर नगरपालिका र बाह्रदशी गाउँपालिकामा देखापरेको उनले बताए । गर्मी बढेसँगै लम्पी स्कीन रोगको सङ्क्रमण फैलिरहेको उनको भनाइ छ ।

“यो रोग लामखुट्टे, भुसुना, झिंगा, किर्ना आदिको टोकाइबाट फैलिन्छ”, उनले भने, “रोग नियन्त्रणका लागि किसानका प्रत्येक गोठसम्म पुगेर निःशुल्क खोप अभियान सञ्चालन गरिरहेका छौंँ ।”

उनले पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय कोशीबाट ७७ हजार पाँच सय वटा खोप जिल्लामा आएको बताए ।

यो रोग लागेका गाईगोरुमा ज्वरो आउने, शरीरको विभिन्न भाग तथा भित्री तहमा गाँठागुठी देखिने, गाँठागुठीमा पानी बग्ने र पाक्ने गर्दछ । केन्द्रकी प्रमुख भट्टराईले विगतमा खोप लगाएका गाईगोरुमा सो समस्या नदेखिएको बताए ।

उनले भने, “पहिल्यै खोप लगाएका गाईवस्तुमा रोग देखिएको छैन, नयाँ जन्मिएका बाछाबाछी र बाहिरबाट खरिद गरेर ल्याइएका नयाँ गाईगोरुमा मात्र यसको जोखिम तीव्र मात्रामा देखिएको छ ।”

उनले चालू आर्थिक वर्ष २०८१/८२ मा गाईभैँसीमा देखिने बाँझोपन निवारणका लागि जिल्लाका ७२ वटा फार्ममा पुगेर अवलोकन गरी एकीकृत शिविर सञ्चालन गरेको बताए ।

यसैगरी सोही अवधिमा प्राकृतिक विपद्बाट पशुधनमा भएको क्षतिका १३ निवेदन आएको उनले बताए । सोही निवेदनका आधारमा कार्यालयले ६ हजारदेखि ७८ हजारसम्म राहतस्वरूप प्रदान गर्दै आएको उनले बताए ।

Tags: #झापा#राससलम्पी स्किन
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…
FEATURE BREAKING

तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

by टाकुरा न्यूज । इटहरी
जेष्ठ २, २०८३
0

इटहरी : शनिवार (आज) बिहान इटहरी २० तरहरास्थित जंगलमा घाँस काट्न गएकी एक स्थानीय महिलाले झाडी छेउ असामान्य दृश्य देखिन्। नजिक...

पर्यापर्यटनसहितको पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै वेतना सिमसार
विविध

पर्यापर्यटनसहितको पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै वेतना सिमसार

by रासस
जेष्ठ २, २०८३
0

मोरङ : प्राकृतिक सौन्दर्यले भरिपूर्ण मानिएको वेतना सिमसार पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको छ । पर्यापर्यटनसहितको पर्यटकीय...

हुलाकी राजमार्ग : १२ वर्षमा ७५ प्रतिशत काम सम्पन्न, कहिले पूरा हुन्छ ?

हुलाकी राजमार्ग : एक वर्ष नपुग्दै सडक भत्किन थालेपछि दुर्घटनाको जोखिम

जेष्ठ २, २०८३
इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

जेष्ठ २, २०८३
भोजपुरमा पत्नीको कुटपिटबाट पतिको मृत्यु

भोजपुरमा अनलाइनमार्फत घरमै नक्सा

जेष्ठ २, २०८३
खोटाङमा उभौली : ‘प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामना गरिँदै

साकेला समापन : युवापुस्तालाई मौलिक परम्परा, सामूहिकता र प्रकृति सम्मानको सन्देश

जेष्ठ २, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

जेष्ठ २, २०८३
पर्यापर्यटनसहितको पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै वेतना सिमसार

पर्यापर्यटनसहितको पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै वेतना सिमसार

जेष्ठ २, २०८३
हुलाकी राजमार्ग : १२ वर्षमा ७५ प्रतिशत काम सम्पन्न, कहिले पूरा हुन्छ ?

हुलाकी राजमार्ग : एक वर्ष नपुग्दै सडक भत्किन थालेपछि दुर्घटनाको जोखिम

जेष्ठ २, २०८३
इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

जेष्ठ २, २०८३



लाेकप्रिय

  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    652 shares
    Share 261 Tweet 163
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    624 shares
    Share 250 Tweet 156
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    623 shares
    Share 249 Tweet 156
  • इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

    511 shares
    Share 204 Tweet 128
  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1556 shares
    Share 622 Tweet 389

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.