Thursday, August 27, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home भिजिट नेपाल

धरानको चिन्डेडाँडामा आन्तरिक पर्यटकको चहलपहल

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार २७, २०८२
in भिजिट नेपाल, समाचार
0
धरानको चिन्डेडाँडामा आन्तरिक पर्यटकको चहलपहल
65
SHARES
Share on FacebookShare on Twitter

धरान : धरान उपमहानगरपालिका–२० मा अवस्थित चिन्डेडाँडा (रमितेडाँडा) मा गर्मीयामसँगै आन्तरिक पर्यटकको चहलपहल उल्लेख्य रूपमा वृद्धि भएको छ ।

धरान बजार, इटहरी, चारकोसे झाडी तथा तराईका विभिन्न ठाउँको रमणीय दृश्यावलोकन गर्न सकिने यो डाँडा पछिल्लो समय पूर्वी नेपालकै चर्चित पर्यटकीय केन्द्रसँगै हाइकिङ गन्तव्यका रूपमा विकास हुँदै गएको छ ।

गर्मीको समयमा साथीभाइ वा परिवारसहित घुम्न र हाइकिङ गर्न उपयुक्त मानिने यो ठाउँमा दैनिक सयौँ पर्यटक पुग्ने गरेका छन् । धरान, इटहरी, झापा, चितवन, काठमाडौँजस्ता ठाउँबाट आन्तरिक पर्यटक यहाँ पुग्ने गरेका हुन् ।

धरान उपमहानगरपालिका–१६ का सुदीप श्रेष्ठ बेलायतबाट बिदामा घर आएपछि चिन्डेडाँडा पुगे । पहिले नाङ्गो देखिने यो डाँडा अहिले निकै विकास भएको रहेछ, घुम्नका लागि उपयुक्त गन्तव्य बनेको देख्दा आफूलाई खुसी लागेको उनले बताए । उनी भन्छन्, “गर्मीमा यहाँ साथीभाइको चहलपहल निकै हुन्छ, दृश्य हेर्दै घुम्न रमाइलो लाग्छ ।”

इटहरीकी सुशीला राई पनि पहिलोपटक चिन्डेडाँडा पुगेको बताउँछिन् । “गर्मीका बेला यहाँको रमाइलो वातावरण र दृश्यावलोकनको आनन्द वर्णन गरेर सकिन्न”, उनी भन्छिन्, “जाडोमा मान्छे कम भए पनि गर्मीमा धेरै नै घुम्न आउने रहेछन् ।”

पूर्वी पहाडी क्षेत्र र तराईको सङ्गमस्थल जस्तो देखिने चिन्डेडाँडा धरान बजारबाट मोटरसाइकल तथा गाडीमा करिब १५ देखि २० मिनेट र पैदल हिँडेर करिब एक घण्टामा पुग्न सकिन्छ ।

पहिला उजाड र सुनसान देखिने यस ठाउँमा पर्यटकको चहलपहल देखिन थालेको करिब दुई दशक भएको स्थानीयको भनाइ छ । पहिले चिन्डेडाँडाबाट प्याराग्लाइडिङ सेवा उपलब्ध थियो, जसले थप पर्यटक तान्ने गथ्र्यो । हाल प्याराग्लाइडिङ बन्द भए पनि त्यही स्थानमा दर्जनौँ होटल तथा खाजा घर खुलेका छन् ।

स्थानीय होटल व्यवसायी लक्ष्मी तामाङका अनुसार गर्मीयाममा चिन्डेडाँडामा दैनिक तीन सयको हाराहारीमा आन्तरिक पर्यटक पुग्ने गरेका छन् । यहाँ आउने पर्यटकले लोकल कुखुराको मासु, तोङ्वा, सुकुटी, भट्टु धानको भातजस्ता मौलिक परिकार निकै मन पराउने गरेको उनले बताइन् । खास गरी गर्मीमा यी परिकारको माग उच्च हुन्छ, चिसोयामभन्दा गर्मीयाममा व्यापार पनि राम्रो हुन्छ ।

खासगरी दिनभरिको छोटो घुमफिरका लागि चिन्डेडाँडा उपयुक्त गन्तव्य बनेको व्यवसायी वसन्ती तामाङ बताउँछिन् । धेरैजसो पर्यटक दुईचार घण्टा बसेर फर्किन्छन्, तर केही बास बस्ने पनि हुन्छन् । उनका अनुसार गर्मीमा झापा, चितवन, काठमाडौँबाट धेरै पर्यटक आउँछन्, तर जाडो लागेपछि सङ्ख्या घट्ने गर्छ ।

धरानबाट चिन्डेडाँडा पुग्न हाल कच्ची सडक रहेको र वर्षायाम वा जाडो मौसममा आवतजावत केही असहज हुने गरेको व्यवसायीको गुनासो छ । यद्यपि सर्दु खोलामा पुल निर्माण भएपछि यात्रा केही सहज भएको छ ।

स्थानीयका अनुसार पहिले धरानबाट उत्तरतर्फ हेर्दा यो डाँडा नाङ्गो देखिने भएकाले चिन्डेडाँडा भन्ने नाम रहन गएको हो भने बाटो हिँड्नेहरूले यहाँ अडिएर रमिता हेर्ने भएकाले स्थानीयबिच यो ‘रमितेडाँडा’का नामले समेत परिचित छ । यस क्षेत्रमा तामाङ, गुरुङ, राई, क्षेत्री, ब्राह्मण समुदायको बसोबास छ । गुरुङ छाप, कार्की छापजस्ता स्थान चिन्डेडाँडा नजिक रहेका छन् ।

चिन्डेडाँडाभन्दा थोरै माथि केही वर्षअघि कोशी प्रदेश सरकारको सहयोगमा भ्यूटावर पनि निर्माण भएको छ ।

डाँडा नजिकै तामाङ बस्तीमा घरबास (होमस्टे) पनि सञ्चालित छ । चिन्डेडाँडा र आसपासका क्षेत्रमा आन्तरिक पर्यटकका लागि आकर्षण रमाइला स्थल रहेकाले पछिल्लो समय पर्यटनको विकास निकै भइरहेको पर्यटन व्यवसायी बासु बराल बताउँछन् ।

धरानका नगरप्रमुख हर्कराज राई साम्पाङको नेतृत्वमा हाल चिन्डेडाँडा क्षेत्रमा किरात राई समुदायका देउता सुम्निमा–पारुहाङको प्रतिमा निर्माण गर्ने तयारी भइरहेको छ । प्रमुख साम्पाङका अनुसार प्रतिमा स्थापना भएपछि चिन्डेडाँडा क्षेत्रको पर्यटन प्रवर्द्धनमा नयाँ आयाम थपिने स्थानीयको अपेक्षा छ ।

 

Tags: #भिजिट नेपाल#राससपर्यटक
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

राधाकृष्ण रथयात्राको तयारी तीव्र, विराटनगरमा दुई सय स्वयंसेवक परिचालन गरिने
विविध

राधाकृष्ण रथयात्राको तयारी तीव्र, विराटनगरमा दुई सय स्वयंसेवक परिचालन गरिने

by टाकुरा न्यूज । इटहरी
भदौ १०, २०८३
0

विराटनगर : धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचानसँग जोडिएको राधाकृष्ण रथयात्रालाई यस वर्ष थप व्यवस्थित, भव्य र सभ्य बनाउन विराटनगर महानगरपालिकाले...

इटहरीका डीएसपी सुवास हमाल उत्कृष्ट प्रहरी घोषित
FEATURE BREAKING

इटहरीका डीएसपी सुवास हमाल उत्कृष्ट प्रहरी घोषित

by टाकुरा न्यूज । इटहरी
भदौ १०, २०८३
0

इटहरी : कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) सुवास हमाललाई साउन महिनाको ‘सर्वोत्कृष्ट...

इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरीमा लागूऔषधसहित दुई जना पक्राउ

भदौ ९, २०८३
नकआउटबाट सुपर लिगमा जाँदै इटहरी मेयर कप

नकआउटबाट सुपर लिगमा जाँदै इटहरी मेयर कप

भदौ ९, २०८३
सर्पको टोकाइबाट एक महिलाको मृत्यु

मोरङ : सुतिरहेकी बालिकालाई सर्पले डसेर मृत्यु

भदौ ९, २०८३
इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…

इटहरीमा करिब ६ लाखको भन्सार छलीका सामान बरामद, बैंकिङ कसुरका फरार पक्राउ

भदौ ९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

राधाकृष्ण रथयात्राको तयारी तीव्र, विराटनगरमा दुई सय स्वयंसेवक परिचालन गरिने

राधाकृष्ण रथयात्राको तयारी तीव्र, विराटनगरमा दुई सय स्वयंसेवक परिचालन गरिने

भदौ १०, २०८३
इटहरीका डीएसपी सुवास हमाल उत्कृष्ट प्रहरी घोषित

इटहरीका डीएसपी सुवास हमाल उत्कृष्ट प्रहरी घोषित

भदौ १०, २०८३
इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरीमा लागूऔषधसहित दुई जना पक्राउ

भदौ ९, २०८३
नकआउटबाट सुपर लिगमा जाँदै इटहरी मेयर कप

नकआउटबाट सुपर लिगमा जाँदै इटहरी मेयर कप

भदौ ९, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    446 shares
    Share 178 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    306 shares
    Share 122 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    290 shares
    Share 116 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    280 shares
    Share 112 Tweet 70
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    277 shares
    Share 111 Tweet 69

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
नाम
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
नाम
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.