मोरङ : मोरङको जहदा गाउँपालिकाबाट प्रहरीले जापनिज पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा स्थानीय दिनेश मण्डल र हरिकुमार महतो रहेका छन्।
प्रहरीका अनुसार दिनेश मण्डलको गहुँ भुस भण्डारण गरिने सानो गोठमा लुकाएर राखिएको पेस्तोल बरामद गरिएको हो। बरामद पेस्तोलमा ‘मेड इन जापान’ लेखिएको छ।
साथै, प्रहरीले एक थान खुकुरी, मोबाइल फोन, र नम्बर मेटाइएको होन्डा मोटरसाइकल पनि बरामद गरेको छ।
मोरङ प्रहरीकी प्रवक्ता, प्रहरी नायब उपरीक्षक कोपिला चुँडालका अनुसार हतियार लुकाएर राखिएको विशेष सूचनाको आधारमा गरिएको अपरेसनबाट उनीहरूलाई पक्राउ गरिएको हो।
घटनामा संलग्न आशिष मण्डल र मुकेशकुमार महतो भने फरार रहेको प्रहरीले जनाएको छ। फरार दुवै जनाको खोजी भइरहेको छ।
प्रहरीले बरामद हतियार, सवारीसाधन, र घटनासँग सम्बन्धित प्रमाणहरूलाई आधार मानेर विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ।



















Discussion about this post