इलाम : इलामको सूर्योदय नगरपालिका–१, मा २१ वर्षीय युवकको हत्या भएको छ।
पाँचथरको माइजोगमाई गाउँपालिका–२ घर भएका प्रकाश चापागाईंको धारिलो हतियार प्रहारबाट हत्या भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।
प्रकाश आफ्ना दाजु निरोज चापागाईंसँग ससुराली गएका थिए। सोही क्रममा सूर्योदय नगरपालिका–१, शिरिसेका किरण शेर्पासँग विवाद भएको थियो ।
त्यसैबेला स्थानीय काजी तामाङको घरमा झगडा चर्किएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
प्रहरीका अनुसार ३३ वर्षीय शेर्पाले धारिलो हतियार प्रयोग गर्दा प्रकाशको घटनास्थलमै मृत्यु भएको थियो।
झगडाका क्रममा उनका दाजु निरोजको पेटमा पनि गम्भीर चोट लागेको र तत्कालै उपचारका लागि फिक्कल पठाइएको प्रहरीले जनाएको छ।
हतियारसहित भागेका आरोपी किरण शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको विस्तृत अनुसन्धान भइरहेको इलाम प्रहरीले जनाएको छ ।













Discussion about this post