इटहरी : सुनसरीको देवानगञ्ज गाउँपालिका–३ मा छुरा प्रहार गरी छोरोले बाबुको हत्या गरेका छन्।
४० वर्षीय मोहम्मद रियाज अन्सारीले छुरा प्रहार गर्दा बुबा ६० वर्षीय सबिब अन्सारीको मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ।
जग्गाको विषयमा घरायसी विवाद हुँदा रियाजले सबिबको छाती र ढाडमा छुरा प्रहार गरेका थिए।
छुरा प्रहारबाट गम्भीर घाइते भएका सबिबको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
छुरा प्रहार गर्ने रियाजलाई नियन्त्रणमा लिएर घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।













Discussion about this post