सुनसरी : सुनसरीको बराहक्षेत्र नगरपालिका–४, जमटोकीस्थित सगरमाथा भिनियर उद्योग प्रालि प्लाई कारखानामा जडान गरिएको नयाँ ट्रान्सफर्मरबाट तार चोरी भएको छ।
प्रहरीलाई प्राप्त जानकारीअनुसार एक हजार वाडको विद्युत् ट्रान्सफर्मरको पोलबाट निकालेर ट्रान्सफर्मरभित्र राखिएको तार रातिको समयमा अज्ञात व्यक्तिहरूले चोरी गरेका हुन्।
घटनाबारे मिति २०८२ साउन ९ गते दिउँसो ३ः५० बजेतिर अस्थायी प्रहरी चौकी भरोलमा खबर प्राप्त भएको थियो।
खबर प्राप्त भएपछि प्रहरी सहायक निरीक्षक डम्मर गौतमको कमाण्डमा टोली खटिएको र घटनास्थलमा पुगेर चोरीमा संलग्न व्यक्तिहरूको खोजतलास कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
घटनास्थल प्रहरी चौकी प्रकाशपुरबाट करिब १.५ किलोमिटर पूर्व पर्छ। घटनाबारे थप अनुसन्धान जारी राखेको प्रहरीले जनाएको छ।












Discussion about this post