इटहरी : आफ्नो जन्मदिनको अवसर पारेर पवन अधिकारीले प्रेस युनियन सुनसरीलाई कम्प्युटर हस्तान्तरण गरेका छन् ।
युनियन सुनसरीका अध्यक्ष रहेका उनले आइतबार आफ्नो ३३ औँ जन्मोत्सवको अवसर पारेर युनियनको कार्यालयलाई कम्प्युटर हस्तान्तरण गरेका हुन् ।
नेपाल बिज्ञापन संघ प्रदेश १ का अध्यक्ष समेत रहेका अधिकारी भने, “नेटको असुविधामा रहेका र कम्प्युटर अभावमा कोहि पनि पत्रकार समाचार लेख्नबाट नरोकियोस् भनेर कम्प्युटर हस्तान्तरण गरेको हुँ ।”
उनका अनुसार युनियन सुनसरीले पत्रकारका लागि तत्कालै नेटको व्यवस्था पनि गरिदिनेछ । अफिसमा आएर पत्रकारहरुले नेटको सुविधाबाट समाचार समेत सम्प्रेषण गर्न सक्ने भएका छन् ।














Discussion about this post