विराटनगर : विराटनगर महानगरपालिका ६ स्थित धुधुवा खोलामा खेल्ने क्रममा डुबेर एक बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ४ वर्षीया बालिका आरुषी पासवान रहेकी छन् ।
घर नजिकै रहेको धुधुवा खोलामा खेल्ने क्रममा पानीमा डुबिरहेको अबस्थामा आफन्तले फेला पारी उपचारको लागि गोल्डेन अस्पताल लगिएकोमा डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको हो ।
घटना सम्बन्धमा अन्य थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post