इटहरी : ज्यान मार्ने उद्योग मुद्दामा अदालतले २० वर्षको कैद सजाय सुनाएको अभियुक्त सुभाष लिम्बूलाई १३ वर्षपछि प्रहरीले पक्राउ गरेको छ।
जिल्ला अदालत ताप्लेजुङले २०७१ असोज ३१ गतेको फैसलाले लिम्बूलाई जन्मकैदको फैसला गरेको थियो ।
२०६९ असोज १० गते ताप्लेजुङको मेरिङदेन गाउँपालिका ३ मा प्रहरी गस्तीमा खटिएका प्रहरी जवान भूपाल आचार्यको हत्या गरेका थिए ।
खुकुरी, चुप्पी र तरबार प्रहार गरी आचार्यको हत्या र प्रहरी जवान चन्द्र देवान गम्भीर घाइते भएका थिए । साथै, घटनामा प्रहरी टोलीको ३०३ राईफलसमेत लुटेर लिम्बू फरार भएका थिए ।
त्यसयता फरार भएका उनलाई २०८२ साउन १६ गते ताप्लेजुङको फुङलिङ बजारमा लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई अदालतको फैसलाअनुसार कैद सजाय कार्यान्वयनका लागि जिल्ला अदालतमा उपस्थित गराइएको छ।














Discussion about this post