गएको २४ घण्टाको अन्तरालमा नेपालमा कोरोना भाइरस सङ्क्रमणबाट १,२२१ जनामा पोजेटिभ रिर्पोट देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
यो वृद्धि हुने क्रमसँगै नेपालमा सङ्क्रमित व्यक्तिहरूको कुल सङ्ख्या ३८,५६१ पुगेको मन्त्रालयले जनाएको छ ।
आइतवारको नियमित प्रेस ब्रीफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार अहिले देशभरि १७,५१८ जनामा सक्रिय सङ्क्रमण छ। भने तीमध्ये १०,६१२ जना संस्थागत आइसोलेशनमा र बाँकी ६,९०० जना घरमै छन्।















Discussion about this post