Thursday, September 3, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

आर्या न्यूरो हस्पिटलमा मस्तिष्कघातको उपचार : ‘थ्रोम्बोलाइसिस’ प्रविधिले बचायो महिलाको ज्यान

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन २२, २०८२
in समाचार
0
आर्या न्यूरो हस्पिटलमा मस्तिष्कघातको उपचार : ‘थ्रोम्बोलाइसिस’ प्रविधिले बचायो महिलाको ज्यान
69
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : विराटनगरस्थित आर्या न्यूरो हस्पिटलले मस्तिष्कघात (स्ट्रोक)को ‘थ्रोम्बोलाइसिस’ प्रविधिको प्रयोग गरेर सफल उपचार गरेको छ ।

अस्पतालले पहिलो पटक अत्याधुनिक ‘थ्रोम्बोलाइसिस’ प्रविधि प्रयोग गरी तेह्रथुमकी ४५ वर्षीया महिलालाई जीवनभरको पक्षाघातबाट जोगाउन सफल भएको हो ।

अस्पतालका वरिष्ठ न्यूरो सर्जन तथा अस्पतालका प्रबन्ध निर्देशक डा. पंकज राज नेपाल नेतृत्वको टोलीले यो जटिल उपचार सफलतापूर्वक सम्पन्न गरेसँगै कोशी प्रदेशमा आकस्मिक न्यूरो उपचारले नयाँ गति लिएको छ ।

बस यात्रामा सुरु भएको त्यो भयावह क्षण

ती महिलाका लागि त्यो दिन एक सामान्य यात्राबाट सुरु भएको थियो । तर जीवनको सबैभन्दा कठीन घडी बन्न पुग्यो । उनी भेडेटारबाट धनकुटातर्फ जाँदै गरेको यात्रुवाहक बसमा थिइन् । यात्राकै क्रममा अचानक उनको शरीरले काम गर्न छाड्यो, बोली लरखरायो र उनी बेहोस भइन् । यो मस्तिष्कघातको स्पष्ट सङ्केत थियो ।

सोही समयमा बसमा सवार अन्य यात्रु र चालक–सहचालकको सचेतताले चन्द्रमायाको जीवन बचाउन निर्णायक भूमिका खेल्यो । साधारणतया यस्तो अवस्थामा के गर्ने भन्ने अन्योल हुन्छ । तर, उनीहरूले अवस्थाको गम्भीरता बुझे । कसैले मस्तिष्कघातको उपचार समयमै विशेषज्ञ अस्पतालमा पु¥याउँदा सम्भव हुने जानकारी दिएपछि उनीहरूले तत्काल गाडी फर्काएर विराटनगरस्थित आर्या न्यूरो हस्पिटलतर्फ हुइँक्याए ।

यो घटनाबारे बताउँदै डा. पंकजराज नेपालले भने, ‘सचेतनाको एउटा सानो पहलले कति ठूलो फरक पार्छ भन्ने यो एक उत्कृष्ट उदाहरण हो । सामान्यतया हाम्रो समाजमा पक्षाघात हुँदा एक–दुई दिन घरमै हेर्ने वा अन्यत्र अलमलिने चलन छ, जसले गर्दा उपचारको सबैभन्दा महत्वपूर्ण समय (गोल्डेन आवर) गुम्छ । तर चन्द्रमायाको केसमा बसका मानिसहरूले देखाएको तत्परता र सही निर्णयले गर्दा उहाँलाई समयमै हामीसम्म आइपुग्न मद्दत मिल्यो ।’

जब महिलालाई हस्पिटल ल्याइयो, डा. नेपाल र उनको आकस्मिक उपचार टोली पूर्ण तयारी अवस्थामा थियो । मस्तिष्कघातको उपचारमा प्रत्येक मिनेट महत्वपूर्ण हुन्छ । अस्पताल ल्याइपु¥याउँदा करिब चार घण्टा बितिसकेको थियो ।

‘हामीले बिरामी आइपुगेको ३० मिनेटभित्रै सबै आवश्यक परीक्षणहरू सम्पन्न ग¥यौं । सीटी स्क्यानबाट मस्तिष्कमा रक्तश्राव नभएको र रगतको थेग्लो जमेर रक्तनली बन्द भएको (स्ट्रोक) पुष्टि भयो । यो अवस्थामा ‘थ्रोम्बोलाइसिस’ नै एकमात्र विकल्प थियो । हामीले तुरुन्त उपचार सुरु ग¥यौं,’ डा. नेपालले घटनाको संवेदनशीलता बताउँदै भने ।

‘थ्रोम्बोलाइसिस’ एक विशेष चिकित्सा प्रक्रिया हो, जसमा औषधिको माध्यमबाट मस्तिष्कको रक्तनलीमा जमेको रगतको डल्लोलाई पगालिन्छ । यो प्रक्रिया पक्षाघात भएको साढे चार घण्टाभित्र गर्न सकेमा मात्र प्रभावकारी हुन्छ । यो समयभित्र उपचार गर्न सकेमा मस्तिष्कका कोशिकाहरूलाई मर्नबाट जोगाउन सकिन्छ र बिरामीको अवस्थामा चमत्कारी सुधार ल्याउन सकिन्छ ।

डा. नेपालले भने, ‘यो उपचारपछि महिलाको अवस्थामा सुधार आयो । उहाँको लगभग पूर्ण रूपमा प्यारालाईसिस भइसकेको शरीरका अंगहरू चल्न थाले । बोली फर्कियो । केही भागमा असर बाँकी रहे पनि त्यो समयको थोरै तलमाथिले हुन सक्छ । तर सबैभन्दा ठूलो कुरा, हामीले उहाँको ज्यान जोगायौं र उहाँलाई जीवनभर अपाङ्ग हुनबाट बचायौं ।’

के हो थ्रोम्बोलाइसिस ?

मस्तिष्कघात दुई प्रकारका हुन्छनर । इस्केमिक (रगत जमेर) र हेमोरेजिक (रक्तनली फुटेर) ।

लगभग ८५ प्रतिशत मस्तिष्कघात इस्केमिक प्रकारका हुन्छन् । यस्तो अवस्थामा मस्तिष्कमा अक्सिजन र पोषण आपूर्ति बन्द हुँदा मस्तिष्कका कोषिका मर्न थाल्छन्, जसले गर्दा शरीरका अंगहरू चल्दैनन्, बोली हराउँछ र अनुहार बाङ्गो हुन्छ ।

थ्रोम्बोलाइसिस यस्तो उपचार पद्धति हो । जसले जमेको रगतलाई पगालेर रक्तप्रवाह पुनः सुरु गराउँछ । यो अन्य उपचार विधिको तुलनामा छिटो, प्रभावकारी र तुलनात्मक रूपमा सस्तो पनि छ । तर यसको सफलताको एकमात्र सर्त भनेको समय हो ।

डा. नेपालले सर्वसाधारणलाई आग्रह गरे, ‘यदि कसैमा अचानक शरीरको एक भाग कमजोर हुने, बोल्न गाह्रो हुने, अनुहार बाङ्गो हुने, हिँड्न अप्ठ्यारो हुने जस्ता लक्षण देखिएमा एक सेकेन्ड पनि ढिला नगरी तुरुन्तै सुविधासम्पन्न न्यूरो अस्पतालमा पु¥याउनुहोस् । तपाईंको सानो प्रयासले कसैको जीवन बच्न सक्छ ।’

Tags: आर्या न्यूरो हस्पिटलउपचार
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

समाचार

इटहरीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ १७, २०८३
0

इटहरी : इटहरी उपमहानगरपालिका–४ संगीत चोकबाट प्रहरीले १९ ग्रामभन्दा बढी ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको...

मादपण्डविपरीत सञ्चालनमा रहेका धनकुटाका फार्मेसीमाथि कारबाही
समाचार

मादपण्डविपरीत सञ्चालनमा रहेका धनकुटाका फार्मेसीमाथि कारबाही

by टाकुरा न्यूज । इटहरी
भदौ १७, २०८३
0

धनकुटा । धनकुटामा औषधी पसल सञ्चालनको नाममा मापदण्डको बेवास्ता गर्ने प्रवृत्ति देखिएको छ । औषधी व्यवस्था विभागको नेतृत्वमा गरिएको अनुगमनका...

मोरङका सरकारी कार्यालयमा बिचौलियाविरुद्ध प्रशासनको ‘एक्सन’, ३० जना पक्राउ

मोरङमा बाढीपीडितका लागि ९८ लाखभन्दा बढी आर्थिक सहयोग सङ्कलन

भदौ १७, २०८३
कोशी ब्यारेज पुल

कोशी ब्यारेजमा पानीको बहाव खतराको तहमा, २७ वटा ढोका खोलिए

भदौ १७, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

५० हजार रुपैयाँ घुससहित विद्युत प्राधिकरण इटहरीका कर्मचारी पक्राउ

भदौ १७, २०८३
इटहरीकी एक महिलाले दुई छोरी र एक छोरासहित सप्तकोसीमा हाम्फाल्न लाग्दा प्रहरीद्वारा उद्वार

मोटरसाइकलमा गाँजा तस्करी, सुनसरीमा दुई जना पक्राउ

भदौ १७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

भदौ १७, २०८३
मादपण्डविपरीत सञ्चालनमा रहेका धनकुटाका फार्मेसीमाथि कारबाही

मादपण्डविपरीत सञ्चालनमा रहेका धनकुटाका फार्मेसीमाथि कारबाही

भदौ १७, २०८३
मोरङका सरकारी कार्यालयमा बिचौलियाविरुद्ध प्रशासनको ‘एक्सन’, ३० जना पक्राउ

मोरङमा बाढीपीडितका लागि ९८ लाखभन्दा बढी आर्थिक सहयोग सङ्कलन

भदौ १७, २०८३
कोशी ब्यारेज पुल

कोशी ब्यारेजमा पानीको बहाव खतराको तहमा, २७ वटा ढोका खोलिए

भदौ १७, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    448 shares
    Share 179 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    308 shares
    Share 123 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    292 shares
    Share 117 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    282 shares
    Share 113 Tweet 71
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.