ईलाका प्रहरी कार्यालय इटहरीका डीएसपी धर्मराज भन्डारीको सरुवा भएको छ । सोमबार नेपाल प्रहरीका ७२ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा भएको हो।
हाल इटहरीमा रहेका डीएसपी भण्डारीको जिल्ला प्रहरी कार्यालय कपिलवस्तु सरुवा भएको छ । भण्डारी कपिलवस्तु गएपछि इटहरीमा प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो, चोरी अपराध अनुसन्धान महाशाखा महाराजगन्ज काठमाडौँमा कार्यरत अर्जुन केसी आउने भएका छन् ।













Discussion about this post