Thursday, June 25, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

सुनसरी दुर्घटना अपडेट : चार जनाको मृत्यु, २२ घाइते (नामावलीसहित)

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन २६, २०८२
in समाचार
0
सुनसरीमा बस र माइक्रो एकापसमा दुर्घटना, १३ जना घाइते, दुईको अवस्था गम्भीर
150
SHARES
Share on FacebookShare on Twitter

इटहरी : सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ जलुवाटोलस्थित फूल चौकमा सोमबार बिहान माइक्रोबस र यात्रुबाहक बस ठोक्किँदा चार जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार मृत्यु हुनेमा सप्तरी मधावे गाउँपालिका–६ का अन्दाजी ३५ वर्षीय शंकर मण्डल, सुनसरी कोशी गाउँपालिका–६ का अन्दाजी ७० वर्षीय लक्ष्मण सदा, विराटनगरका अशोक यादव र अन्दाजी ४५ वर्षीया महिला (पहिचान खुलिसकेको छैन) रहेका छन्।

बिहान करिब ८ बजे विराटनगर–राजविराज रुटमा चल्ने प्रदेश २–०१–००१ ज ००४७ नम्बरको माइक्रोबस र काँकडभिट्टा–दिक्तेल रुटमा चल्ने मे १ ख १७९९ नम्बरको बस एक–आपसमा ठोक्किँदा दुर्घटना भएको हो। मृतक सबै माइक्रोबसमा सवार थिए।

घाइतेमध्ये मोरङ, खोटाङ, सप्तरी, उदयपुर, झापा, इलाम लगायतका जिल्लाका २२ जना रहेका छन्। उनीहरूको ग्लोबल कार्डियो एण्ड न्यूरो अस्पताल भोक्राहा, जिल्ला अस्पताल इनरुवा, गोल्डेन अस्पताल विराटनगर र विराट नर्सिङ होममा उपचार भइरहेको छ।

दुर्घटनामा मोरङको सुन्दरहरैँचा नगरपालिका–९ बस्ने अम्बिका राई, खोटाङको रावाबेसी गाउँपालिका–०२ बस्ने निरुता परियार, सोही ठाउँकी ३८ वर्षीय निर्मल परियार, सप्तरी मन्धेव गाउँपालिका–६ बस्ने रवीन्द्र प्रसाद मण्डल, उदयपुरको चौदण्डिगढी नगरपालिका–५ बस्ने ५० वर्षीय रेनुका श्रेष्ठ, झापाको शिबसतासी नगरपालिका–५ बस्ने ३८ वर्षीय खगेन्द्र थापा घाइते भएका छन् ।

यसैगरी झापाको भद्रपुर नगरपालिका–९ बस्ने ५३ वर्षीय सन्तोष खत्री, उदयपुरको बेलका नगरपालिका–१ बस्ने २० वर्षीय दीपक विश्वकर्मा, इलामको चुलाचुली–३ बस्ने ३६ वर्षीय सविन राई, सप्तरी धिकुति गाउँपालिका–६ बस्ने रवीन्द्र मेहता, सप्तरीकै गोइठी गाउँपालिका–३ बस्ने ६८ वर्षीय जिवछ महात्मा, खोटाङको हलेसी तुवाचुङ नगरपालिका १० बस्ने ८४ वर्षीय नेत्रलाल गिरी, उनका छोरा ३९ वर्षीय केदार गिरी घाइते भएका छन् ।

यस्तै, झापाको अर्जुनधारा नगरपालिका १ साजनटार बस्ने २० वर्षीय सत्य राई, सप्तरीको राजविराज नगरपालिका–६ बस्ने १० वर्षीय रुद्र राय, विराटनगर महानगरपालिका–१० बस्ने ४८ वर्षीया शोभा यादव, सप्तरीकै राजविराज–१२ बस्ने ४४ वर्षीय प्रमोद रजक, सप्तरीकै तिलाठी गाउँपालिका–५ बस्ने २२ वर्षीय रवि राय, राजविराज–२ बस्ने २४ वर्षीय भोला यादव घाइते भएका छन् ।

यसैगरी राजबिराजकै तेतरीगाछी बस्ने ३५ वर्षीय प्रदीप यादव, सुनसरीको कोशी गाउँपालिका–६ श्रीपुर बस्ने ६० वर्षीय जोगिन्द्र दास, सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ बस्ने ३० वर्षीया अमृता राय र सप्तरीको राजविराज–४ बस्ने २१ वर्षीय सन्तोष बास्तोला घाइते भएका छन् ।

प्रहरीका अनुसार घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।

यो पनि – सुनसरीमा बस र माइक्रो दुर्घटना अपडेट : तीनजनाको मृत्यु, ४ गम्भीर

यो पनि – सुनसरीमा बस र माइक्रो एकापसमा दुर्घटना, १३ जना घाइते, दुईको अवस्था गम्भीर

Tags: #सुनसरीदुर्घटनामृत्यु
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरीको बराहक्षेत्रमा ६२ केजी गाँजा बरामद, ब्राउनसुगरसहित ६ जना पक्राउ
समाचार

सुनसरीको बराहक्षेत्रमा ६२ केजी गाँजा बरामद, ब्राउनसुगरसहित ६ जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
असार १०, २०८३
0

इटहरी : सुनसरीको बराहक्षेत्र नगरपालिकामा प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गर्नुका साथै ब्राउनसुगरसहित ६ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी...

मेयर बन्ने लक्ष्यसहित एमाले त्यागेर रामप्रसाद चौलागाईं हर्क साम्पाङको पार्टीमा
समाचार

मेयर बन्ने लक्ष्यसहित एमाले त्यागेर रामप्रसाद चौलागाईं हर्क साम्पाङको पार्टीमा

by टाकुरा न्यूज । इटहरी
असार १०, २०८३
0

इटहरी : स्थानीय तह निर्वाचन नजिकिँदै जाँदा इटहरीको राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ। नेकपा एमालेका पूर्व नेता तथा...

धरानमा बिहीबारदेखि पूर्णरुपमा विद्यालय बन्द गरिने

फेरि बजेटविहीन बन्यो धरान, कानुनी समयसीमा नाघ्दा बढ्यो वित्तीय अनिश्चितता

असार १०, २०८३
खोटाङमा शिक्षाको गुणस्तर सुधार गर्न शैक्षिक बहस

बाँदरले सताएपछि नगरपालिकाले राख्दैछ ‘बाली हेरालु’

असार १०, २०८३
विराटनगरको परोपकार घाटमा निर्वस्त्र अश्लील हर्कत, चार पक्राउ

विराटनगरको परोपकार घाटमा निर्वस्त्र अश्लील हर्कत, चार पक्राउ

असार १०, २०८३
४५ करोड पनि उठेन, फेरि १ अर्ब २७ करोडको लक्ष्य : विराटनगरको बजेटमा पुरानै महत्वाकांक्षा

४५ करोड पनि उठेन, फेरि १ अर्ब २७ करोडको लक्ष्य : विराटनगरको बजेटमा पुरानै महत्वाकांक्षा

असार १०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीको बराहक्षेत्रमा ६२ केजी गाँजा बरामद, ब्राउनसुगरसहित ६ जना पक्राउ

सुनसरीको बराहक्षेत्रमा ६२ केजी गाँजा बरामद, ब्राउनसुगरसहित ६ जना पक्राउ

असार १०, २०८३
मेयर बन्ने लक्ष्यसहित एमाले त्यागेर रामप्रसाद चौलागाईं हर्क साम्पाङको पार्टीमा

मेयर बन्ने लक्ष्यसहित एमाले त्यागेर रामप्रसाद चौलागाईं हर्क साम्पाङको पार्टीमा

असार १०, २०८३
धरानमा बिहीबारदेखि पूर्णरुपमा विद्यालय बन्द गरिने

फेरि बजेटविहीन बन्यो धरान, कानुनी समयसीमा नाघ्दा बढ्यो वित्तीय अनिश्चितता

असार १०, २०८३
खोटाङमा शिक्षाको गुणस्तर सुधार गर्न शैक्षिक बहस

बाँदरले सताएपछि नगरपालिकाले राख्दैछ ‘बाली हेरालु’

असार १०, २०८३



लाेकप्रिय

  • सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

    ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    395 shares
    Share 158 Tweet 99
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    373 shares
    Share 149 Tweet 93
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    354 shares
    Share 142 Tweet 89
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    352 shares
    Share 141 Tweet 88
  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    348 shares
    Share 139 Tweet 87

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.