इटहरी : इटहरीमा रहेको स्काइनेट ईन्स्टिच्युटले कक्षा ११ का विद्यार्थीहरुलाई स्कलरसीपमा अध्यापन गराउने भएको छ ।
अहिले कोरोना भाइरसको संक्रमणले समस्या रहेकाले स्कलरसीपमा विद्यार्थी भर्ना गर्न लागेको स्काइनेट ईन्स्टिच्युटका प्रबन्ध निर्देशक दीपक पोखरेलले बताए ।
कक्षा ११ का विद्यार्थीलाई ग्राह्यता दिईएको उनको भनाइ थियो ।
साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, कानुन, शिक्षा र आर्ट्स बिषयका विद्यार्थीलाई स्कलरसीपमा अध्यापन गराइने उनले बताए ।
बिशेषगरी निम्न आय भएका गरीब, विपन्न र टपर विद्यार्थीका लागि उक्त स्कलरसीप सन्चालन गरिएको पोखरेलले बताए ।
करीब दस बर्ष अगाडि इटहरीमा स्थापना भएको स्काइनेटले शिक्षासँगै सम्बन्धित काम गर्दै आएको छ ।
एसईई दिएर पास भएका विद्यार्थी भएकाहरुलाई नि:शुल्क फर्म पनि खुलिसकेको पोखरेलले बताए ।



















Discussion about this post