उदयपुर : उदयपुरको चौदण्डीगढी नगरपालिका–९ अजगरामा एकै परिवारका आठजना सदस्यहरू जंगली विषालु च्याउ सेवन गरेपछि बिरामी भएका छन्।
जंगली च्याउ खाएका कारण ८५ वर्षीया गवनी सदा, ६० वर्षीया गीता सदा, ३१ वर्षीया सञ्जु सदा, २९ वर्षीया मन्जु सदा, २९ वर्षीया सरिता सदा, १० वर्षीया सन्ध्या सदा, ११ वर्षीया सन्जा सदा र ५५ वर्षीय लल्कु सदा बिरामी भएका छन्।
बिरामीमध्ये तीन जनाको अवस्था गम्भीर छ । उनीहरूलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लैजाने तयारी भइरहेको छ।
अन्य पाँचजनाको उपचार स्थानीय नगर अस्पताल बेल्टारमा भइरहेको छ।
स्वास्थ्यकर्मीहरूले जंगली च्याउ तथा अन्य वनस्पतिको सेवनबारे जनचेतना अभिवृद्धि गर्न आवश्यक रहेको बताएका छन्।












Discussion about this post