मोरङ : मोरङमा अटो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
जिल्लाको ग्रामथान गाउँपालिका–७ मा नेताचोकबाट धोबीयारेतर्फ जाँदै गरेको को २ ह ६२६९ नम्बरको अटो आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।
दुर्घटनामा परेर अटोमा सवार ग्रामथान–७ का ४५ वर्षीय ओसर विश्वासको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर ग्रामथान–७ का ५० वर्षीय आशाराम थन्दार र ५० वर्षीया पूर्णकुमारी थन्दार घाइते भएका छन् । उनीहरूको विराट शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनामा संलग्न अटो चालक ४८ वर्षीय केदार माझीलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।














Discussion about this post