वराहक्षेत्र : नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०८०।८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन सार्वजनिक गरेको छ ।
सो मूल्याङ्कनमा सुनसरीको कान्छो नगरपालिका वराहक्षेत्र नगरपालिका लगातार तेस्रो वर्ष पनि जिल्लामा उत्कृष्ट ठहरिएको छ ।
वराहक्षेत्रले यस वर्ष १०० मध्ये ८५.७५ अंक प्राप्त गर्दै जिल्लाका सबै उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाभन्दा उच्च स्थान हासिल गरेको हो ।
प्रमुख प्रशासकीय अधिकृत गणेशबहादुर कटुवालका अनुसार वराहक्षेत्रले १० मध्ये अधिकांश सूचकमा उत्कृष्ट प्रदर्शन गरेको छ ।
प्रदेशस्तरमा भने वराहक्षेत्र नगरपालिकाले १३६ स्थानीय तहबीच पाँचौँ स्थान हात पारेको छ ।
९०.५० अंक प्राप्त गर्दै इलामको सूर्योदय नगरपालिका प्रदेशमा प्रथम, इलाम नगरपालिका दोस्रो, विराटनगर महानगरपालिका तेस्रो, खोटाङको हलेसी तुवाचुङ चौथो र झापाको कन्काई नगरपालिका पाँचौँ स्थानमा परेका छन् ।
सुनसरीमा प्रथम बनेको वराहक्षेत्र नगरपालिका कोशी प्रदेश एक सय ३६ वटा स्थानीय तह मध्य पाचौँ स्थानमा रहेको छ।
संस्थागत क्षमता स्वमूल्याङ्कनमा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाले ८०.५० अंङ्क प्राप्त गरेको छ ।
दुहवी नगरपालिकाले ८०.२५ अंङ्क, इटहरी उपमहानगरपालिकाले ८० अंङ्क, धरान उपमहानगरपालिकाले ७७.५० अंङ्क, हरिनगरा गाउपालिकाले ७३ अंङ्क, इनरुवा नगरपालिकाले ७१.२५ अंङ्क, गढी गाउँपालिकाले ७१ अंङ्क, बर्जु गाउपालिकाले ६८.५० अंङ्क, कोशी गाउपालिकाले ६४ अंङ्क, देवानञ्ज गाउपालिकाले ५६ अङ्क र रामधुनी नगरपालिकाले ५३.५० अंङ्क प्राप्त गरेको छ ।














Discussion about this post