पेस्तोल देखाएर लुटपाट गर्न खोज्ने चार जनालाइ मोरङ प्रहरीले मंगलबार पक्राउ गरेको छ ।
पक्राउ पर्ने व्यक्ति कटहरी गाउँपालिकाका रहेका छन् । प्रहरीले अनुसन्धान गर्ने क्रममा रविन शर्मालाई घरबाटै नियन्त्रणमा लिएको थियो । उनको घरमा खानतलासी गर्दा प्रहरीले तीनवटा गोलीसहित पेस्तोल बरामद गरि नियन्त्रणमा लिएको स्थानीयले बताएका छन् ।
काठ मिस्त्रीको काम गर्ने शर्मासँगै अर्का व्यक्ति मोटरसाइकल मेकानिक किशन साहलाई समेत प्रहरीले पक्राउ गरेको छ ।
अन्य दुई जनाको पहिचान खुलेको छैन । प्रहरीले यस घटनाका बारेमा केही खुलाएको पनि छैन । मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले घटनाका बारेमा अनुसन्धान भइरहेकाले केही पनि खुलाउन नहुने बताएका छ्न् ।















Discussion about this post