उदयपुर कटारी ताप्लि गाउँपालीका ५ सल्ले बस्ने हुप बहादुर मगर लागुऔषध र गाँजा सहित पक्राउ परेका छन् ।
उनलाई हिजो राती उनकै घरबाट १५ केजी गाँजा सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
मगरले आफ्नै घरमा गाँजा संचय गर्ने र मौका छोपी बिक्री बितरण गर्ने गरेको गोप्य सुचनाका आधारमा प्रहरीको टोलीले उनको घरमा खानतलासी गर्दा उक्त परिणामको गाँजा फेला पारी बरामद गरेको हो ।
पक्राउ परेका मगर उपर लागुऔषध ऐन अन्तरगत कानुनी कारबाही अगाडी बढाईएको प्रहरीले जनाएको छ ।















Discussion about this post