उदयपुर : उदयपुरमा छात्रामाथि जबरजस्ती करणीको आरोपमा प्रधानाध्यापक पक्राउ परेका छन् ।
बेलका नगरपालिका–२ कन्चनजंगास्थित हिमशिखर सामुदायिक इङ्लिस बोर्डिङ स्कुलकी १४ वर्षीया छात्रामाथि जबरजस्ती करणीको आरोपमा प्रहरीले प्रधानाध्यापकलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा ४७ वर्षीय युवराज श्रेष्ठ रहेका हुन् ।
विद्यालयका प्रधानाध्यापक रहेका उनले भदौ १४ गते बिहान करिब १०ः४५ बजे आफ्नै कार्यालय कोठामा छात्रामाथि जबरजस्ती करणी गरेको भन्दै पीडित परिवारले भदौ १५ गते इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा उजुरी दिएकी थिइन्।
उजुरी दर्ता भएलगत्तै श्रेष्ठलाई पक्राउ गरिएको हो । पक्राउ परेका श्रेष्ठमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post