ताप्लेजुङ : ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–५ मा पुल निर्माणस्थलमा करेन्ट लागेर एक कामदारको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार करेन्ट लागेर ३० वर्षीय सन्तोष राईको मृत्यु भएको हो।
पाथीभरा सर्भिस सेन्टरले निर्माणको जिम्मेवारी लिएको तक्मेवा खोलामा पुल बनाउने क्रममा राईलाई करेन्ट लागेको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।














Discussion about this post