इटहरी : इटहरी वडा नं. १ मा सञ्चालित श्री राष्ट्रिय माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत आठ जना विद्यार्थीलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।
विद्यालयका पूर्व विद्यार्थी हाल अमेरिकामा रहेका इटहरी वडा नं. २ का रामकुमार घिमिरेले ३५ हजार रुपैयाँ सहयोग गरेका हुन् । पूर्व विद्यार्थी रामकुमारले पठाएको सो रकम कक्षा ६ मा अध्ययनरत आठ जना विद्यार्थीलाई प्रदान गरिएको प्रधानाध्यापक सरनकुमार बस्नेतले बताए ।
उनका अनुसार जनही चार हजार ३७३ रुपैयाँका दरले रकम प्रदान गरिएको हो ।
सो रकम रामकुमारका बाबुआमा इटहरी वडा नं. २ आँपगाछीमा बसोबास गर्दै आएका भुवनाथ घिमिरे र दिव्याश्वरी घिमिरेले एक कार्यक्रम गरि विद्यार्थीलाई प्रदान गरेका हुन् ।
सहयोगी दाता रामकुमारकै योजना अनुसार आर्थिक अवस्था कमजोर भएका त्यसमा पनि बाबुआमा गुमाएका वा बाबुआमामध्ये एक जना नभएका छात्रछात्राहरूलाई छनोट गरी उनीहरूको सिकाइमा थप टेवा पु¥याउने उद्देश्यले रकम प्रदान गरिएको सहायक प्रधानाध्यापक लक्ष्मी सुवेदीले बताए ।














Discussion about this post