इटहरी : झापा र इलाममा प्रहरीले लागूऔषध ब्राउनसुगरसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।
झापाको मेचीनगर–६ मा चेकजाँचका क्रममा अर्जुनधारा–२ का २८ वर्षीय प्रकाश योङहाङलाई २ ग्राम ३२० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ।
त्यसैगरी, इलामको फिक्कल बजारमा प्रहरी चौकी फिक्कलले मकवानपुरका ३० वर्षीय डेबिड खरेल र सूर्योदय–१० का ४० वर्षीय मनराज तामाङलाई १७० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो।
पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।














Discussion about this post