मोरङ : मोरङको रतुवामाई नगरपालिका–१ चुनीमारीस्थित सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म बरडंगामा कार्यरत एक सशस्त्र प्रहरी हवल्दार लागूऔषधसहित पक्राउ परेका छन्।
पर्साको वीरगञ्ज घर भएका ३६ वर्षीय सशस्त्र प्रहरी हवल्दार मनिष गिरी पक्राउ परेका हुन्।
उनलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाएको हो।
गिरीको ओछ्यानको सिरानीमुनि प्लास्टिकमा लुकाइराखेको अवस्थामा ३० मिलिग्राम ब्राउनसुगर बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ।
मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार गिरीविरुद्ध लागुऔषध ऐनअन्तर्गत मुद्दा दर्ता गरिएको छ। बुधबार अदालतबाट म्याद थप गरेर थप अनुसन्धान अघि बढाइएको छ।














Discussion about this post